गृहपृष्ठ दाहाललाई ‘स्वतन्त्रता सेनानी’

दाहाललाई ‘स्वतन्त्रता सेनानी’

taranath-dahal-newskarobar

यसवर्षको ‘स्वतन्त्रता सेनानी पुरस्कार’बाट नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहाललाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ पाँचथर शाखाले बिहिबार फिदिममा आयोजना गरिएको समारोहमा दाहाललाई सो सम्मान प्रदान गरिएको हो ।

उक्त पुरस्कारको राशि २२ हजार २ सय २२ रुपैयाँ तथा सम्मान पत्र रहेको छ । पत्रकारिताको माध्यमबाट नागरिक स्वतन्त्रताका लागि महत्वपूर्ण योगदान पु-याउने पत्रकारहरुमध्ये महासंघ पाँचथर शाखाले हरेक वर्ष एक जनालाई सो पुरस्कार प्रदान गर्दै आएको छ ।

यसअघि महासंघका पूर्वसभापति विष्णु निष्ठुरी, शिव गाउँले र किशोर नेपालले सो पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

यसैगरी ‘स्व हरिचरण भद्रमायाँ वातावरण पत्रकारिता पुरस्कार’ पाँचथरकी पत्रकार राधा गौतमलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी पाँच हजार पाँच सय ५५ रुपैयाँ रहेको छ ।

यस्तै महासंघ शाखा पाँचथरको भवन निर्माणका लागि जग्गा प्रदान गर्ने विपी सामुदायिक वन फिदिम, फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङ र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुद्धत सुवेदी, तत्कालीन जिल्ला वन कार्यालय प्रमुख दिवेशमणि त्रिपाठीलाई पनि सम्मानपत्रबाट सम्मान गरिएको छ ।

सो अवसरमा दाहालले नेपाली पत्रकारितालाई अझ बढी विश्वसनीय, मर्यादित र व्यावसायिक बनाउनुपर्नेमा जोड दिए । उनले विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरी कुनै प्रकारका ऐन, कानून नल्याउन सरकारलाई आग्रह गरे ।

(रासस)

प्रकाशित समय २०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु