गृहपृष्ठ राहुल गान्धीले भने, मोदी चीनसँग झुक्ने पहिलो प्रधानमन्त्री

राहुल गान्धीले भने, मोदी चीनसँग झुक्ने पहिलो प्रधानमन्त्री

RahulGandhi-newskarobar

सन् २०१९ मा भारतमा निर्वाचन हुँदैछ । निर्वाचन नजिकिँदै जाँदा त्यसलाई प्रभाव पार्नेगरी आरोप प्रत्यारोप हुनु स्वाभाविकै हो । यो भारतमा पनि हुन थालेको छ ।

त्यसो त सन् २०१४ मा सम्पन्न निर्वाचनमा सत्तारुढ कांग्रेस आईलाई नमिठो हार चखाएर भारतीय जनता पार्टीले सरकार निर्माण गर्याे । सन् २०१९ को निर्वाचन नजिकिँदै जाँदा यस पटक पनि कांग्रेस आई सन् २०१४ को नियती उल्टाउन सक्ने स्थितिमा नभएको टिप्पणीहरु भएका छन् ।

कांग्रेस आई खासगरी त्यसका अध्यक्ष राहुल गान्धीलाई प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुनौति दिनु सजिलो छैन तर प्रतिश्पर्धा पनि गर्नु पर्नेछ । त्यसैले उनले मोदीमाथिका टिप्पणीलाई महत्व दिएका छन् ।

कांग्रेस आई अध्यक्ष गान्धीले मोदीको चीन भ्रमणलाई लिएर उनी भारतको इतिहासमा चीनसँग झुक्ने पहिलो प्रधानमन्त्री भएको टिप्पणी गरेका छन् । मोदीको चीन भ्रमणको सन्दर्भमा एक ट्वीट गर्दै गान्धीले यस्तो बताएका हुन् । गान्धीले भाजपाको राष्ट्रवाद पनि देखिएको भन्दै व्यंग्यसमेत गरेको बिबिसीको हिन्दी संस्करणले लेखेको छ ।

प्रकाशित समय १३:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु