गृहपृष्ठ फिनल्यान्डको हेल्सिन्कीमा पुटिन-ट्रम्प वार्ता

फिनल्यान्डको हेल्सिन्कीमा पुटिन-ट्रम्प वार्ता

trump-putin-meeting-newskarobar

 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच द्विपक्षीय वार्ता भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच फिनल्यान्डको हेल्सिन्कीमा भेटवार्ता भएको हो ।

राष्ट्रपति ट्रम्प युरोपको भ्रमणपछि पुटिनलाई भेट्न हेल्सिन्की पुगेका हुन् । तर, पुटिनसँगको भेटबाट त्यति ठूलो उपलब्धि भने हासिल नभएको बताइएको छ । राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले छलफलमा कुनै औपचारिक मुद्दा भने नहुने जानकारी यसअघि नै गराइसकेका छन् ।

रुस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेका बेला भएको भेटवार्तालार्इ विश्वले महत्वका साथ हेरेको थियो । दुई महिना अघि पनि पुटिनको कडा आलोचना गर्दै अमेरिकाले केही रुसी कूटनीतिज्ञलाई देशनिकाला गरेको थियो ।

अमेरिकाको यो कदमको स्वागत गर्दै केही युरोपेली देशले पनि रुसी कूटनीतिज्ञलाई आ–आफ्ना देशबाट निकाला गरेका थिए । ट्रम्प र पुटिनबीच यस विषयमा पनि कुराकानी भएको बुझिएको छ । त्यस्तै, सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसको हस्तक्षेपका विषयमा पनि राष्ट्रपति ट्रम्पले प्रश्न उठाएको अनुमान गरिएको छ ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय चुनावमा १२ जना रुसी अधिकारीमाथि हस्तक्षेपको अभियोग लागेको थियो । त्यसयता दुर्इ राष्ट्रपतिबीच पहिलोपटक भेटवार्ता भएको हो ।

(एजेन्सी)

प्रकाशित समय १४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु