गृहपृष्ठ जापानका सबैभन्दा ज्येष्ठ नागरिकको ११७ वर्षको उमेरमा निधन

जापानका सबैभन्दा ज्येष्ठ नागरिकको ११७ वर्षको उमेरमा निधन

जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ । जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले उनको गत आइतबार निधन भएको बिहीबार जानकारी दिएको हो ।

सन् १९०१ मे २ तारिखमा जन्मिएका मियाको गत अप्रिलदेखि जापानको सबैभन्दा ज्येष्ठ नागरिक भएका थिए । गत अप्रिलमा ११७ वर्षकै उमेरमा नावि ताजिमाको निधन भएको थियो ।

आइतबार निधन भएकी भएकी मियाको संभवतः संसारकै सबैभन्दा ज्येष्ठ नागरिक भएको अनुमान गरिएको थियो । उनको निधनपछि जापानमा अब सबैभन्दा ज्येष्ठ नागरिक काने तानाका बनेकी मन्त्रालयले जनाएको छ ।

तानाकाको जन्म सन् १९०३ जनवरी २ तारिखमा जन्मेकी थिइन् । तानाका अहिले ११५ वर्षको भएका छन् ।

जापानकै सबैभन्दा ज्येष्ठ पुरुष भने ११३ वर्षका मासाजो नोनाका बनेका छन् । उनलाई विश्वकै सबैभन्दा ज्येष्ठ पुरुष मानिन्छ । नोनाकाको नाम गिनिज बुकमा पनि विश्वकै सबैभन्दा ज्येष्ठ पुरुषको रुपमा रहेको छ ।

प्रकाशित समय १९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु