गृहपृष्ठ अवरुद्ध महाकाली राजमार्ग सञ्चालन

अवरुद्ध महाकाली राजमार्ग सञ्चालन

pahiro-newskarobar सांकेतिक तस्बिर ।

 

गए रातिदेखि अवरुद्ध महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ । महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलासैनी–६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खसेर अवरुद्ध भएको सडक आज मध्याह्नपछि पुनः सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालय पाटनको डोजरले पहिरो पन्छाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीले लगातार पानी परिरहेकाले बांगाबगरमा फेरि पनि जुनसुकै बेला पहिरो खस्न सक्ने सम्भावना रहेको जनाएको छ ।

राजमार्ग पुनः सञ्चालनमा आएपछि रोकिएका सवारी साधन तथा यात्रुहरु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । वि.सं. २०६० असारमा आएको उक्त पहिरोको व्यवस्थापन तथा सडक मर्मत राम्रोसँग नहुँदा बर्सातको समयमा प्रत्येक वर्ष उक्त ठाउँमा बेलाबेलामा सडक अवरुद्ध हुँदै आएको छ । यसअघि बांगाबगरमै पहिरो खस्दा मंगलबार रातिदेखि अवरुद्ध भएको महाकाली राजमार्ग बुधबार दिउँसो मात्रै सञ्चालनमा आएको थियो ।

प्रकाशित समय १९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु