गृहपृष्ठ १२ वर्षीया चार्लीले युट्युबबाटै कमाउँछिन् मासिक सवा लाख डलर
१२ वर्षीया चार्लीले युट्युबबाटै कमाउँछिन् मासिक सवा लाख डलर

अहिले १२ वर्षीया बालिका चार्ली सामाजिक सञ्जालमा भाइरल छिन् । उनी कुनै टप सेलिब्रेटीभन्दा कम छैनन् । फलोअर्स पनि दिनदिनै बढीरहेकाछन् । उनको हैसियत कुनै हलिउड स्टारको भन्दा कम छैन ।
१२ वर्षीया चार्लीले युट्युबमार्फत प्रत्येक महिना एक लाख २७ हजार डलरभन्दा बढी कमाउने कुरा सार्वजनिक भएपछि उनको चर्चा थप चुलिएको हो । उनले आफू छ वर्षको हुँदादेखि फुड एण्ड कुकिङ (खाना र पाक्कला) सम्बन्धी युट्युब सञ्चालन गर्दै आएकी छिन् ।
चार्लीलाई उनकी नौ वर्षीया बहिनी एस्लीले पकवान चाखेर स्वाद कस्तो छ, त्यसका बारेमा जानकारी गराउँछिन् । ‘चार्ली क्राफ्टी किचन’ नामक युट्युब च्यानलमा खासगरी फुड एण्ड र कुकिङसम्बन्धी बेकिङ टिप्स समोवश गरिएको छ ।
उनको लोकप्रियता बढेसँगै उनको मासिक आम्दानीसमेत बढेको छ । ‘हाई, म चार्ली । मलाई मेरी सानी बहिनी एस्लीसँग खाना बनाउन मन पर्छ । मलाई नयाँ पकवान बनाउन मन पर्छ, एस्लीलाई पनि पकाउन रुचि छ । बहिनीको आफ्नै तरिका छन्, जसले मलाई सधँै हसाउँछ’ चार्ली भन्छिन् ।
चार्लीले आफ्नो भिडियो सन् २०१२ मा सुट गर्न शुरु गरेकी थिइन् । जब उनी छ वर्षकी मात्र थिइन् । अहिले यो च्यानलको आठ लाख ९५ हजार सब्सक्राइबर रहेका छन् ।
उनले बेला–बेला अपलोड गर्ने भिडियोले केही समयभित्रै लाखौँ दर्शक पाउने गरेका छन् । लाग्छ, उनकै भिडियो पर्खेर धेरैजना बस्ने गर्छन् ।
प्रकाशित समय ०९:१५ बजे