गृहपृष्ठ अमेरिकी टेलिभिजन प्रमुखमाथि यौन दुर्व्यवहारको आरोप

अमेरिकी टेलिभिजन प्रमुखमाथि यौन दुर्व्यवहारको आरोप

harasment-newskarobar सांकेतिक तस्बिर

अमेरिकाको एउटा प्रमुख टेलिभिजन नेटवर्क सिबिएसका एक जना प्रमुख कार्यकारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । यस विषयमा अनुसन्धान हुने सोही टेलिभिजनका निर्देशकहरुले जानकारी दिएका छन् ।

आफ्नो संस्थाका प्रमुख कार्यकारीमाथि लगाइएको आरोपबारे आफूहरूले अनुसन्धान गर्ने उनीहरुले बताएका हुन् । प्रमुख कार्यकारी लेज मुन्भेसले यौन दुव्र्यवहार गरेको ६ जना महिलाले बताएपछि उनको संस्थाका निर्देशकहरुले छानबिन गर्ने बताएका हुन् ।

त्यसैगरी अभिनेत्री इलियाना डग्लससहित चार जनाले पनि बैठकका दौरानमा आफूहरूलाई मुन्भेसले जबर्जस्ती छोएको अथवा चुम्बन गरेको आरोप लगाएका छन् । गल्ती स्वीकार गर्दै आफ्नो कारणले केही महिलालाई असहज भएको हुन सक्ने ६८ वर्षीय मुन्भेसको भनाइ छ । यद्यपि यौन दुव्र्यवहार गरेको आरोपको भने उनले खण्डन गरेका छन् ।

उनले आफूले महिलाहरुलाई बुझ्ने र सम्मान गर्ने गरेको बताएका छन् । यौन दुव्र्यवहार गरेको आरोपपछि मुन्भेसले राजीनामा दिएका छन् । तर टेलिभिजन व्यवस्थापनले एउटा वक्तव्य जारी गर्दै मुन्भेसमाथि लगाइएका आरोपबारे छानबिन गरेर थप निर्णय लिने स्पष्ट पारेको छ ।

प्रकाशित समय १६:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु