गृहपृष्ठ व्यापार सम्झौताका लागि अमेरिका–क्यानाडा वार्ता असफल
व्यापार सम्झौताका लागि अमेरिका–क्यानाडा वार्ता असफल
आगामी हप्ता सम्झौताका लागि पुनः प्रयास गरिने
अमेरिका र क्यानाडाबीच ‘उत्तर अमेरिकी स्वतन्त्र व्यापार’ सम्झौता अर्थात् नाफ्टा संशोधनका विषयमा पछिल्लो वार्ता असफल भएको छ । अमेरिकी अधिकारीहरुले आगामी हप्ता पुनः क्यानाडाका अधिकारीहरुसँग भेट गर्ने र सम्झौता गर्ने प्रयास हुने बताएका छन् ।
यसअघि, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानाडासँग कुनै पनि सम्झौता अमेरिकी शर्तका आधारमा मात्रै हुने बताएका थिए । यद्यपि, ट्रम्पले आफ्नो भनाइ सच्याउँदै भने, ‘मैले अफ द रिकर्डमा यस्तो भनेको थिएँ ।’
आफूले भनेको कुरा ‘लिक’ भएपछि क्यानाडाले ‘ट्रम्प’ले चाहेको कुरा थाहा पाएको हुनुपर्ने उनले बताए । हालैमात्र अमेरिकाले मेक्सिकोसँग व्यापार सम्झौता गरेको थियो । अहिले पनि अमेरिका यस्तो योजनाका साथ अघि बढ्ने प्रयासमा छ । यद्यपि, त्रिपक्षीय सम्झौताका लागि यसको के अर्थ रहन्छ, जसको माध्यमबाट एक लाख करोड डलरको व्यापार हुन्छ भन्नेबारे अहिलेसम्म स्पष्ट भएको छैन ।
व्हाइट हाउसका लागि अमेरिकी सदनलाई नयाँ व्यापार सम्झौताबारे जानकारी गराउन आवश्यक ९० दिनको सूचना दिनुपर्ने शुक्रबार अन्तिम दिन थियो । अमेरिकालाई १ डिसेम्बरभन्दा अघि नै नयाँ नाफ्टा डीलमा हस्ताक्षर गर्नुछ । किनकि, यही दिन मेक्सिकोका नवनिर्वाचित राष्ट्रपति आन्दे्रस म्यानुएल लोपेज ओब्राडोरले पदभार सम्हाल्नेछन् ।
प्रकाशित समय ०६:४५ बजे

















