गृहपृष्ठ युएस ओपन टेनिस : नाडालको संघर्षपूर्ण जित
युएस ओपन टेनिस : नाडालको संघर्षपूर्ण जित
विश्व नम्बर एक राफायल नाडाल युएस ओपन टेनिस संघर्षपूर्ण जितका साथ चौथो चरणमा पुगेका छन् । डिफेन्डिङ च्याम्पियन ३२ वर्षीय नाडालले रुसी खेलाडी करेन खचानोवलाई चार सेटमा पराजित गरेका हुन् ।
स्पेनिस नाडालले खचानोवमाथि ५–७, ५–७, ७–६ (९–७), ७–६ (७–३) को सेटमा जित हात पारे । नाडालले अब अन्तिम १६ मा जर्जियाका निकोलोज बासिलाशविलीसँग प्रतिस्पर्धा गर्नेछन् ।
१७ पटक ग्राण्डसलाम उपाधि जितेका नाडालले चौथो पटक युएस ओपनको उपाधि जित्ने लक्ष्य लिएका छन् ।
प्रकाशित समय ०६:५६ बजे

















