गृहपृष्ठ चीनका बारेमा केही रोचक जानकारीहरु

चीनका बारेमा केही रोचक जानकारीहरु

china-newskarobar

 

चीन विश्वको शक्तिशाली देशमध्ये एक हो । चीन शक्तिशाली राष्ट्र हुनुको यथार्थता विभिन्न किसिमका कामहरुबाट देखिँदै आएका छन् । चीनका बारेमा धेरै यस्ता कुराहरु छन् जुन सुन्दा तपाँइलाई अचम्म लाग्छ । चीनका केही रोचक तथ्यका बारेमा हामी तपाईंलाई जानकारी गराउँदैछौं ।

  • चीनमा धनी व्यक्तिले आफ्नो साटोमा अर्काे व्यक्तिलाई जेल पठाउन सक्छ ।
  • चीनको रेल लाइन यत्ति लामो छ कि पूरै पृथ्वीलाई दुई चक्कर लगाउन सक्छ ।
  • २०२५ सम्म चीनमा न्युयोर्क जस्तो दश वटा सहर हुनेछ ।
  • चीनको जनसंख्या अमेरिकाको भन्दा चार गुणा ज्यादा छ ।
  • ट्वाइलेट पेपरको आविष्कार चीनमा भएको हो ।
  • विश्वको सबै भन्दा ठूलो सपिङ महल चीनमा छ जुन २००५ सम्म ९९ प्रतिशत खाली थियो ।
  • चीनको कुनै ठाउँमा सूर्याेदय विहानको दश बजे हुन्छ ।
  • चीन दुनियाँका चौथो ठूलो देश हो ।
  • विश्वमा जति सुगुँर छ त्यसको आधा चीनमा छ ।
  • चीनमा हरेक वर्ष ४५ विलियन चपस्टिक प्रयोग हुन्छ जस्को लागि हरेक वर्ष दुई करोड रुख काटिन्छ ।
  • चपस्टिकको खोजी ५,००० साल पहिले भएको थियो तर सुरुमा यसलाई खाना पकाउन मात्र प्रयोग गरिन्थ्यो ।
  • चीनमा एक सेकेन्डमा पचास हजार चुरोट सेवन हुन्छ ।
  • चीनमा चिनियाँ भाषा ९२ प्रतिशत मानिसले बोल्छन् ।
  • बेइजिङको हावा यति प्रदूषित छ कि एक दिन सास फेर्दा २१ चुरोट सेवन गरे बराबर हुन्छ ।
  • चीनमा ३ करोड मानिस गुफा जस्तो घरमा बस्छन् ।
  • चीनमा धेरै मानिस रातो रङको कपडा लाउँछन् किनकि रातो रङलाई आफ्नो शुभ रङ मान्छन् ।
  • चीनमा स्वदिष्ठ भोजनका नाममा हरेक साल ४० लाख बिरालो खाइन्छन् ।
  • अंग्रेजी बोल्ने मानिस अमेरीकामा भन्दा चीनमा बढी छन् ।
  • सन् २०१३ र २०१४ मा चीनले यति धेरै सिमेन्टको प्रयोग गर्याे जुन अमेरीकाले पूरै २० शताब्दीमा गरेको छैन ।
  • सन २००९ देखि चीनमा फेसबुक, ट्वीटर र दि न्युयोर्क टाइम्स बन्द गरिएको हो ।
  • पछिल्लो एक दशकमा चीनको आर्थिक विकास सात गुण भएको छ ।
  • चीनमा नदीबाट लास निकाल्ने जागीर पनि पाइन्छ ।
  • सेक्स टोय बेच्नेमा चीन पहिलो स्थानमा पर्दछ ।
  • विश्वका २९ प्रतिशत वायु प्रदुषणको कारण चीनलाई मानिन्छ ।
  • चीनको सांघाई शहरमा रातो कार राख्नु गैर कानुनी मानिन्छ ।

प्रकाशित समय २०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु