गृहपृष्ठ रोनाल्डोद्वारा यौन शोषणको आरोप अस्वीकार

रोनाल्डोद्वारा यौन शोषणको आरोप अस्वीकार

विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पूर्व अमेरिकी मोडेलले आफूमाथि लगाएको यौन शोषणको आरोपको खण्डन गरेका छन् । अमेरिकी मोडेलले सन् २००९ मा आफूलाई रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी छन् ।

रोनाल्डोका विरुद्धमा लास भेगासको प्रहरीले अनुसन्धान गर्ने यसै साता बताइसकेको छ । पोर्चुगाली यी फुटबल खेलाडीले आफूमाथि लागेको आरोपमा सत्यता नरहेको बताएका छन् ।

‘मेराविरुद्ध प्रहरीले गर्ने भनिएको छानबिनको कुनै आवश्यकता नै छैन,’ ३३ वर्षीय रोनाल्डोले भनेका छन्, ‘बलात्कार घृणित अपराध हो ।’ उनी हिजोआज इटालीको युभेन्टस क्लबबाट खेल्ने गर्छन् । प्रहरीले पीडितको नाम सार्वजनिक गरेको छैन ।

(रासस)

प्रकाशित समय १९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु