गृहपृष्ठ एभरेस्ट प्रिमियर लिग मंसिर २२ देखि

एभरेस्ट प्रिमियर लिग मंसिर २२ देखि

cricket_newskarobar

एभरेस्ट प्रिमियर लिग (र्इपिएल) क्रिकेट प्रतियोगिता-२०१८ मंसिर २२ गतेदेखि हुने भएको छ ।आयोजक र्इपिएल प्रालिले बिहीबार आयोजना गरेको पत्रकार सम्मलेनमा यस वर्षको र्इपिएल आगामी मंसिर २२ गतेदेखि पुस ७ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने र्इपिएल प्रालिका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए ।

प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौं किङ्ग्स ११, चितवन टाइगर्स, ललितपुर प्याट्रियर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । यस संस्करणको र्इपिएलमा दैनिक एक खेल मात्र गर्नेछ । यो खेललाई गत वर्षभन्दा अझ भव्य बनाउने आयोजकले तयारी गरिरहेको प्रबन्ध निर्देशक अख्तरले जानकारी दिए ।

(रासस)

प्रकाशित समय १९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु