गृहपृष्ठ खशोग्गीको हत्यारालाई कठघरामा उभ्याइने : साउदी अरब
खशोग्गीको हत्यारालाई कठघरामा उभ्याइने : साउदी अरब
पत्रकार जमाल खशोग्गीको हत्यारा जो भए पनि उसलाई कडा कानुनी सजाय हुने साउदी अरबले जनाएको छ । मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार खशोग्गीको हत्यामा सम्लग्न जो कोही भए पनि उसलाई कानुनी दायरामा ल्याइनेछ ।’
राज्य सञ्चालित एसपिए न्यूज एजेन्सीलाई प्राप्त मन्त्रीपरिषद् बैठकपछि सरकारले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘साउदी अरबले सत्यतथ्य पत्ता लगाउन सम्भावित उपायहरूलाई अवलम्बन गरेको छ र घटनामा प्रत्यक्ष वा परोक्ष रूपमा सम्लग्न सबैलाई कानुन बमोजिम सजाय दिइनेछ ।’
खशोग्गीको इस्तानबुलस्थित साउदी अरबेली महाबाणिज्य दूतावासमा गत अक्टोबर २ मा हत्या गरिएको थियो । तर उक्त हत्या कसले र के उद्देश्यले गरेको थियो अझै अनुसन्धानको प्रक्रियामा रहेको छ ।
प्रकाशित समय ०८:५२ बजे

















