गृहपृष्ठ जापानमा ५.४ म्याग्नीच्युडको भूकम्प
जापानमा ५.४ म्याग्नीच्युडको भूकम्प
दक्षिण जापानको टोरोशिमा द्वीपमा ५.४ म्याग्नीच्युडको भूकम्प गएको जापानको मौसम विभागले सोमबार जानकारी दिएको छ ।
स्थानीय समयानुसार सोमबार बिहान १० बजेर २८ मिनेटमा उक्त भूकम्प गएको हो । यद्यपी यस भूकम्पपछि सुनामीको चेतावनी दिइएको छैन ।
जापानमा सन् २०११ को मार्च महिनामा गएको ९.० म्याग्नीच्युडको भूकम्प पछिको सुनामीमा परी १७ हजार व्यक्तिको मृत्यु हुनुको साथै हजारौंको सङ्ख्यामा घाइते र वेपत्ता भएका थिए ।
(रासस/सिन्ह्वा)
प्रकाशित समय १३:२५ बजे

















