गृहपृष्ठ बंगलादेशकी पूर्वप्रधानमन्त्री जियालाई ७ वर्ष जेल सजाय
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियालाई ७ वर्ष जेल सजाय
बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचार अभियोगमा ७ वर्ष जेल सजाय सुनाईएको छ । जियालाई ७ वर्ष जेल सजायको फैसला लगत्तै उनको बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी)का समर्थकहरुको प्रहरीसँग झडप भएको थियो ।
बंगलादेशमा शेख हसीनाकी कट्टर विरोधी मानिने जिया गत फेब्रुअरीदेखि अर्काे मुद्दामा ५ वर्षको जेल सजाय काटीरहेकी छन् । ७३ वर्षीया जियालाई एक च्यारिटी फन्डको करिब ३ लाख७५ हजार अमेरिकी डलर गलत प्रयोग गरेको आरोप लागेको छ ।
छोरोलाई जन्मकैद
बंगलादेशको एक अदालतले जियाका छोरा तारिक रहमानको जन्मकैदको फैसला सुनाएको छ । सन् २००४ को ग्रेनेड हमलाको मामिलामा रहमानलाई जन्मकैदको सजाय सुनाइएको थियो भने अन्य १९ जनालाई फाँसी दिइएको थियो । उक्त हमलाई २४ जनाको मृत्यु भएको थियो भने ५०० व्यक्ति घाइते भएका थिए ।
प्रकाशित समय १६:०३ बजे

















