गृहपृष्ठ को–को गए प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न ?

को–को गए प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न ?

त्रिबी शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन पार्टीका नेता तथा कार्यकर्ताको भिड लागेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता कार्यकर्ता र शुभेक्षुक अस्पताल पुगेका हुन् । उनीहरुले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रधानमन्त्रीको मनमोहन काडियोथोरासिस भास्कलुर एण्ड ट्रान्सप्लान्ट केन्द्रमा उपचार भइरहेको छ । सोमबार विहान ४ बजे ओलीलाई असपताल लगिएपछि सबैभन्दा पहिले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल पुगेका थिए । त्यसपछि पार्टीका बरिष्ठ नेता, मन्त्रीहरु अस्पताल पुगेका थिए ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेकपाका महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा अस्पताल पुगेका थिए ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महारा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना पनि अस्पताल पुगेका थिए । राष्ट्रपति विद्यादेवी भन्डारी भने कतार भ्रमणमा जाने भएकाले अस्पताल पुगीनन् । कतार उड्नुअघि उनले टेलिफोनबाटै स्वास्थ अवस्थाबारे जानकारी लिएकी थिईन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, नेकपाका नेता भीम रावल, टोपबहादुर रायमाझी, देबेन्द्र पौडेल लगायत प्रधानमन्त्री ओलीको स्वास्थ अवस्था बुझ्न गएका थिए ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, काठमाडौमा रहेका विभिन्न प्रदेशका मन्त्रीहरु अस्पताल पुगेका थिए । प्रधानमन्त्रीलाई भेटेर बाहिर निस्केका नेकपा नेता मावधकुमार नेपालले प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएको जानकारी दिए । प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै नेता नेपालले भने, ‘म ठीक छु, शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद ।’

प्रधानमन्त्रीलाई भेटेर बाहिर निस्केका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले स्वास्थ्य अवस्था राम्रो रहेको र उपचार भइरहेको जानकारी दिए । उनले न्युज कारोबारसंग भने, ‘उहाँको स्वास्थ अवस्थाको बारेमा बाहिर हल्ला आए जस्तो जटिल छैन, सुधारोन्मुख छ ।’ प्रधानमन्त्री ओलीको स्वास्थ अबस्थाको बारेमा जानकारी लिन अस्पतालमा नेता, कार्याकर्ता र शुभचिन्तकको भिड लागेको छ ।

प्रकाशित समय १६:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु