गृहपृष्ठ इन्डोनेशियामा विमान दुर्घटना : यात्रुको समान समुन्द्रमा भेटियो (अपडेट)
इन्डोनेशियामा विमान दुर्घटना : यात्रुको समान समुन्द्रमा भेटियो (अपडेट)
इन्डोनेशियामा उडेको केही मिनेटमै दुर्घटनामा परेको विमानमा सवार यात्रुको सामानको अवशेष समुन्द्रमा फेला परेको छ । लायन एयरलाइन्सको फ्लाइट बोइंग ७३७ जकार्ताबाट उडेलगत्तै दुर्घटनामा परेको थियो ।
फ्लाइट जेटी–६१० इन्डोनेशियाको राजधानी जकार्ताबाट पंगकलका लागि उडेको थियो । उडान भरेको केही मिनेटमै विमान सम्पर्कविहीन भएको थियो । अधिकारीहरुले विमान समन्द्रमै खसेको अनुमान गरेका छन् । विमानमा १ सय ८९ यात्रु सवार रहेको बताइएको छ । उनीहरुको अवस्था अहिलेसम्म अज्ञात छ ।
समुन्द्रमा केही यात्रुको आईडी कार्ड र लाइसेन्स फेला परेको अधिकारीहरुले बताएका छन् । एजेन्सीका अनुसार यात्रुहरु जिवितै छन् वा मृत्यु भयो भन्नेबारे अहिले केही भन्ने स्थिति छैन । सो विमान नयाँ खालको एयरक्राफ्ट हो । अहिलेसम्म विमान दुर्घटनाको कारण पनि खुलेको छैन ।
विमानका क्याप्टेन भारतीय भव्य सुनोजा हुन् ।
उनी दिल्लीको मयूर विहार क्षेत्रको रहेका बताइएको छ । सुनेजाको लिंक्डइन प्रोफाइलअनुसार उनी सन् २०११ बाट यो एयरलाइन्ससँग जोडिएका थिए । उनले सन् २००९ मा बेल एयर इन्टरनेसनलबाट पाइलटको लाइसेन्स पाएका थिए ।
प्रकाशित समय १६:५९ बजे

















