गृहपृष्ठ वायु प्रदुषणले वर्षेनी ६ लाख बालबालिकाको मृत्यु

वायु प्रदुषणले वर्षेनी ६ लाख बालबालिकाको मृत्यु

हरेक वर्ष विश्वभरका झण्डै ६ लाख बालबालिकाको मृत्यु वायु प्रदुषणबाट हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सोमबार सार्वजनिक गरेको तथ्यांकमा वायु प्रदुषणका कारण हरेक वर्ष १५ बर्षमुनिका ६ लाख बालबालिकाको मृत्यु हुने गरेको उल्लेख छ । संगठनका अनुसार पाँच बर्ष मुनिका कैयौं बालबालिकालाई वायु प्रदुषणका कारण श्वास प्रश्वासमा समस्या हुनेगरेको छ ।

प्रदुषणका कारण वार्षिक ६ लाख बालबालिकाको मृत्यु हुने यो तथ्यांक सन् २०१६ को भएको समाचारमा जनाइएको छ । ‘यो अक्षम्य छ, सबै बालबालिकाले स्वस्छ स्वासप्रश्वास गर्न पाउनु पर्दछ । त्यसो भयो भने मात्रै उनीहरूको राम्रो वृद्धि विकास हुन सक्दछ’, डब्लुएचओले भनेको छ ।

तथ्यांक अनुसार प्रत्येक दश जना मध्ये नौ जनाले प्रदुषित श्वास लिने गरेका छन् भने यसबाट लाग्ने रोगका कारण प्रत्येक बर्ष विश्वभरका झण्डै ७० लाखको मृत्यु हुनेगरेको छ । वायु प्रदुषण विषेशगरी बालबालिकाका लागि निकै हानिकारक मानिन्छ ।

प्रत्येक दश जना मध्ये एक बालबालिकाको यही कारणले मृत्यु हुनेगरेको प्रतिवेदनमा उल्लेख छ । वायु प्रदुषणले बालबालिकाको स्वास्थ्यमा पारेको असरबारेमा डब्लुएचओले गरेको एक अध्ययनले यस्तो देखाएको हो ।(रासस)

प्रकाशित समय ०७:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु