गृहपृष्ठ यस्ती डाक्टर, जो निर्वस्त्र भएर बिरामीको उपचार गर्छिन्

यस्ती डाक्टर, जो निर्वस्त्र भएर बिरामीको उपचार गर्छिन्

औषधि खुवाएर बिरामीलाई निको पारिदिने डाक्टर त सबै हुन्छन् । तर यो दुनियाँमा एकजना यस्ता डाक्टर पनि छिन्, जसलाई हेर्दैमा धेरै बिरामीको रोग निको हुन्छ ।

सुन्दैमा अपत्यारिलो तथा अनौठो लाग्छ । तर अमेरिकी डाक्टर सराह ह्वाइटले आफ्नो जिउको दर्शन दिएरै धेरै बिरामीलाई निको पारिदिन्छिन् ।

२४ वर्षकी यी मनोचिकित्सक निर्वस्त्र भएर बिरामीको उपचार गर्छिन् । उनकोमा परामर्श तथा उपचारका लागि आउने मनोरोगीहरुका अगाडि उनी निर्वस्त्र हुन्छिन् । बिरामीसँग निकै खुल्ला भएर कुराकानी गरिसकेपछि उनले मनोरोगीका सबै समस्याको पहिचान गर्छिन् र त्यसको सही उपचार पहिल्याउँछिन् ।

विश्वका महान चिकित्सक फ्राइडको सिद्दान्त अनुरुप उपचार गरिरहेको दावी गर्ने उनी अमेरीकाको न्युयोर्ककी मनोचिकित्सक हुन् । यो एक थेरापी हो । यस थेरापी अनुसार पुरुषको यौन कुण्ठालाई बाहिर निकालिन्छ । यसबाट पुरुषले आफ्नो मनभित्र दबेका इच्छाहरु बाहिर निकाल्न सक्दछ ।

तर खासमा उनले बिरामीलाई कुनै अस्पतालको कोठामा लगेर उसका अगाडि नांगै भएर उपचार गर्ने चाहीँ होइनन् । उनले अनलाइन मार्फत परामर्श दिन्छिन् र वेबक्याममा निर्वस्त्र हुन्छिन् ।

खासगरी पोर्नको कुलतमा फसेका पुरुष मनोरोगीहरुको उपचारमा उनको यो तरिका निकै प्रभावकारी हुने गरेको छ ।

एजेन्सी

प्रकाशित समय १९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु