गृहपृष्ठ भाजपा नेता परिहारको गोली हानी हत्या

भाजपा नेता परिहारको गोली हानी हत्या

भारतीय जनता पार्टी (बीजेपी)का जम्मू–कश्मीर राज्यका सचिव अनिल परिहार र उनका भाइको गोली हानी हत्या भएको छ ।

बिहीबार साँझ जम्मू–कश्मीरको किश्तवाडमा परिहार र उनका भाइको गोली हानी हत्या भएको बीजेपीले पुष्टि गरेको छ । घरतर्फ जाँदै गर्दा परिहार दाजुभाइमाथि गोली चलाइएको जम्मू–कश्मीर प्रहरीले जनाएको छ ।

आतंककारीको समूहले नै गोली हानी हत्या गरेको जम्मू–कश्मीर बीजेपीका अध्यक्ष रवीन्द्र रैनाले दाबी गरेका छन् । गोली प्रहारपछि दुई दाजुभाइलाई तत्कालै अस्पताल पुर्याइए पनि बचाउन नसकेको उनको भनाइ छ । किश्तवाडमा अहिले कर्फ्यू लगाइएको छ । बीजेपीका आक्रोशित कार्यकर्ताले प्रहरी चौकी र अस्पतालमा तोडफेड गरेका छन् ।

यसैबीच, भाजपाका केन्द्रीय नेताहरुले परिहारको निधनमा दुःख व्यक्त गरेका छन् । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

प्रकाशित समय ०९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु