गृहपृष्ठ उत्तर र दक्षिण कोरियाको सम्बन्धमा न्यानोपन

उत्तर र दक्षिण कोरियाको सम्बन्धमा न्यानोपन

उत्तर र दक्षिण कोरियाले सम्बन्ध सुधारको पहल अन्तर्गत सिमा क्षेत्रमा रहेका २२ वटा सुरक्षा चौकीमा तैनाथ सुरक्षाकर्मी र हतियार हटाएका छन् ।

सेप्टेम्बरमा दुई देशबीच भएको सम्झौता अनुसार काम थालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सिमा क्षेत्रमा दक्षिण कोरियाका ६० र उत्तर कोरियाका १ सय ६० वटा चौकी छन् ।

सुरक्षाकर्मी र हतियार हटाएसँगै चौकी पनि विस्थापित गर्ने दुई कोरियाको तयारी रहेको खबरमा जनाइएको छ । सम्बन्ध सुधारका लागि थालिएको यो प्रयासको आउँदो महिनामा दुवै देशले समीक्षा गर्नेछन् ।

प्रकाशित समय ०९:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु