गृहपृष्ठ क्यालिफोर्निया आगलागी : मृत्यु हुनेको संख्या २५ पुग्यो

क्यालिफोर्निया आगलागी : मृत्यु हुनेको संख्या २५ पुग्यो

क्यालिफोर्नियामा आगलागी हुँदा मृत्यु हुनेको संख्या २५ भन्दा धेरै पुगेको छ । ‘टाउन अफ प्याराडाइज’ भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या २५ पुगेको हो । बिहीबारबाट सुरु भएको आगलागीका कारण दुई लाख भन्दा मानिसले ज्यान जोगाउन घर छोडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

‘वुल्सी’ नाम दिइएको उक्त आगो २८ हजार हेक्टर क्षेत्रमा फैलिएको बीबीसीले जनाएको छ । ६ हजार भन्दा धेरै घर ध्वस्त भएका छन् । डेढ लाखभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा जान सचेत गराइएको छ । अमेरीकन मौसमविदहरुले उक्त खतरा एक हप्ता सम्म चल्न सक्ने बताएका छन् । आगो नियन्त्रक प्रमुखले आगो पूरै नियन्त्रणमा आउन एक हप्ता लाग्ने बताए ।

पल्मस राष्ट्रिय जंगलबाट सुरु भएको उक्त आगलागी अहिलेसम्मको धेरै विनाशकारी रहेको बताइएको छ । यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले आगलागीलाई सुरुवाती चरणमा चरणमा सामान्य भन्ने खबरप्रति आक्रोश पोखेका छन् । शक्तिशाली आँधीसँगै डढेलो तीव्र रूपमा फैलिरहेको अधिकारीहरूले बताएका छन ।

प्रकाशित समय १२:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु