गृहपृष्ठ भारतमा शक्तिशाली आँधी

भारतमा शक्तिशाली आँधी

भारतको तामिलनाडु राज्यमा ‘गाजा’ नामक शक्तिशाली आँधी आएको छ । प्रति घण्टा एक सय किलोमिटरको रफ्तारमा आँधी आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय मौसम विभागको अनुसार चक्रवाती तुफान ‘गाजा’ आँधीले बिहिबार साँझ या रातिसम्म तामिलनाडुको तटीय क्षेत्रमा असर दिन सक्ने छ ।

बंगालको. खाडीबाट आएको चक्रवाती तुफान चेन्नाई शहरबाट करिब तीन सय ८० किलोमिटर टाडा दक्षिण पूर्व र नागापट्टिनमबाट चार सय किलोमिटर उक्तरपूर्वबाट आएको उक्त आँधीले कुड्डलुर पम्बानमा ठूलो क्षति पुर्याउने आशंका गरिएको छ ।

तामिलनाडु सरकारले तीस हजार पाँच सय सुरक्षा कर्मी तैनाथ गरेको छ भने तमिलनाडु र पुडुचेरीतर्फ बढेको चक्रवाती तुफानबाट जोगिन सबैमा अपिल गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । उच्चस्तरीय सुरक्षा कर्मी समेत तयारी अवस्थामा राखिएको छ ।

चक्रवती तुफानको मध्यनजर गर्दै पुडेुचेरी र कराईकल क्षेत्रमा बिहीबार सबै शिक्षण संस्था बन्द गरिएको छ । आँधीसँगै आएको वर्षाले समुन्द्र क्षेत्रको बाँध २४ घण्टा भन्दा कम समयमा भरिन सक्ने हुनाले सबैलाई सजक रहन अपिल गरिएको छ ।

प्रकाशित समय १२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु