गृहपृष्ठ दक्षिणी भियतनाममा पहिरो, १३ जनाको मृत्यु

दक्षिणी भियतनाममा पहिरो, १३ जनाको मृत्यु

दक्षिणी भियतनामको मध्य भागमा अविरल वर्षा र आँँधीपछि गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका छन् । हराइरेहका व्यक्तिको खोजी कार्यका लागि करिब छ सय सैनिक परिचालन गरिएको प्रकोप प्रभावित प्रान्त होआका सरकारी अधिकारीले जानकारी दिएका छन् ।

भीषण वर्षापछि आएको ‘टोराजी’ नामक आँधी सहित पहिरोमा परी कैयौं भवन ध्वस्त भएको र गाउँ नै डुबानमा परेको बताइएको छ । भियतनाममा हरेक वर्ष बाढी र पहिरोमा परी सयौं व्यक्तिको मृत्यु हुने गरेको छ ।
(रासस/एएफपी)

प्रकाशित समय १३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु