गृहपृष्ठ प्रकाशलाई सम्झिएर भक्कानिए प्रचण्ड, थामिएन आमाको आँशु

प्रकाशलाई सम्झिएर भक्कानिए प्रचण्ड, थामिएन आमाको आँशु

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छोरा प्रकाशको स्मृति दिवसमा भक्कानिएका छन् । उनको पहिलो स्मृति दिवसकाे अवसरमा प्रचण्ड निवास खुमलटारमा भएको कार्यक्रममा बोल्दाबोल्दै प्रचण्ड भक्कानिएका हुन् । प्रचण्डले प्रकाशको असामयिक निधनपछि आफूलाई असहज भएपनि सबैको साथ र हौसला मिलेको बताए ।

उनले भने, ‘सबैको उपस्थितिले परिवार र मलाई उर्जा थपेको छ, यो सद्भाव र प्रेरणा नभएको भए परिवार विघटन हुने थियो ।’ सबैको मायाले आफ्नो परिवार विघटनबाट जोगिएको उनले बताए ।

स्टेजमा प्रचण्डसँगै रहेकी पत्नि सीताले आँशु झारेकी थिइन् । छोरा प्रकाशलाई सम्झिएर कार्यक्रम अवधिबर उनले आँशु बगाएकी थिइन् । उनलाई पटक पटक प्रचण्डले सम्झाएका थिए ।कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले प्रकाशको स्मरण गर्दा सीताको आखाँबाट आँशु झरेका थिए ।

‘प्रधानमन्त्री ओलीले भने, त्यो दिन प्रचण्डजी र म झापामासँगै थियौं, प्रचण्डले फोनबाट दुखद खबर आएको सुनाउनुभयो, मैले पत्याउन सकिन तर सत्य थियो ।’ स्मृति सभामा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री  ओली, मन्त्री लगायतका विशिष्ट व्यक्ति सहभागी  थिए । प्रकाशको गत वर्ष मंसिर ३ गते हृदयाघातका कारण निधन भएको थियो ।

प्रकाशित समय १४:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु