गृहपृष्ठ काठमाडौं महानगरले ज्येष्ठ नागरिक स्याहार केन्द्र खोल्यो
काठमाडौं महानगरले ज्येष्ठ नागरिक स्याहार केन्द्र खोल्यो
एक दिन सबैलाई बुढ्यौली आउँछ : मेयर शाक्य
काठमाडौं महानगरपालिकाले ज्येष्ठ नागरिकका लागि मनोरञ्जन र दिवा स्याहार केन्द्र स्थापना गरेको छ । काठमाडौं महानगरपालिका– १८ ले गत जेठमा सो सेवा केन्द्र सञ्चालन गरेको हो । मनोरञ्जन केन्द्रमा ज्येष्ठ नागरिकका लागि हार्मोनियम, तबला, बाँसुरी, मादललगायत बाद्ययन्त्रको व्यवस्था गरिएको छ ।
यस्तै काठमाडौं महानगरपालिका–२३ मा गत आइतबार ज्येष्ठ नागरिक दिवा स्याहार केन्द्र स्थापना गरिएको छ । युवा पुस्ताको सोच र व्यवहारमा परिवर्तन गर्ने उद्देश्यले सो केन्द्र सञ्चालन गरिएको महानगर प्रमुख विद्यासुन्दर शाक्यले बताए । उनले भने, ‘पाको उमेर भएका व्यक्तिलाई बोझ मान्नु हुँदैन । यो अवस्था सबैले व्यहोर्नुपर्छ ।’
वडा नं २३ का वडाध्यक्ष मचाराजा महर्जनलले आगामी दिनमा ज्येष्ठ नागरिकलाई हरेक तीन महिनामा तीर्थाटन गराउने योजना बनाएको बताए । उक्त केन्द्रमा ज्येष्ठ नागरिकलाई साँझसम्म राखेर धार्मिक तथा सामाजिक विषयमा छलफल गर्नुका साथै उनीहरुको स्वास्थ्य परीक्षणसमेत गरिन्छ । उक्त सेवा केन्द्रबाट दैनिक ७० जनाले सेवा लिन सक्नेछन् ।
-रासस
प्रकाशित समय १३:१५ बजे

















