गृहपृष्ठ गाउँपालिका कार्यालयमा तालाबन्दी

गाउँपालिका कार्यालयमा तालाबन्दी

talabandi-newskarobar सांकेतिक तस्बिर ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ ।

खानेपानीको माग गर्दै वडा नं २ बेतखोलाका स्थानीयले बुधबार बिहान गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् । २०३९ देखि उपभोग गर्दै आएको पानीको लाइन काटिएको भन्दै बेतखोलाका स्थानीयवासीले आन्दोलन गर्दै आइरहेका छन् ।

पानी जोड्न माग गर्दै बेतखोलाका स्थानीयले सोमबारदेखि गाउँपालिका कार्यालय घेराउ गर्दै आएका थिए । गाउँमा खानेपानीको आपूर्ति नियमित नभएसम्म तालाबन्दी नखोल्ने स्थानीय भुपेन्द्र बोहोराले बताए ।

लिखित तथा मौखिक निवेदन र गाउँपालिकामा धर्ना दिँदा पनि माग पूरा नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको बोहोराको भनाइ छ । (रासस)

प्रकाशित समय ११:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु