गृहपृष्ठ सहकारी भवन बनाउन तादी गाउँपालिका अध्यक्ष र वडाध्यक्षको सहयोग
सहकारी भवन बनाउन तादी गाउँपालिका अध्यक्ष र वडाध्यक्षको सहयोग
तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले यश किराँतेश्वर सहकारीको भवन निर्माणका लागि एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् । तादी गाउँपालिका–६ मा रहेको यश किराँतेश्वर सहकारीको आठौं साधारणसभा सहभागी भएका अध्यक्ष पाण्डेले सो सहयोग घोषणा गरेका हुन् । त्यसैगरी, गाउँपालिका कार्यालयले पनि सहकारीको भवन बनाउन ३ लाख रुपैयाँ उपलब्ध गराउने साधारणसभामा उनले जानकारी गराए ।
त्यस्तै, सहकारीको भवन निर्माणका लागि आवश्यक बालुवा तथा रोडा तादी गाउँपालिका–६ का अध्यक्ष केशव थापाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ‘गाउँको विकास हामी सबै मिलेर गर्नुपर्छ भन्ने भावनाले सहयोग गरेको हुँ,’ थापाले भने, ‘विकास निर्माणमा हामी सबै मिलेर हातेमालो गर्दै अघि बढ्नुपर्छ ।’ समाजसेवी थापाले गत साता पनि वडा नम्बर ६ का वटा ६ वटै विद्यालयका ४५० विद्यार्थीलाई कपी र कलम वितरण गरेका थिए ।
प्रकाशित समय २०:१४ बजे

















