गृहपृष्ठ डा. केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

डा. केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

dr. kc-maitighar-pradarshan-newskarobar

डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा शनिबार प्रदर्शन भएको छ । सरकारसँगले आफूसँग भएको सम्झौता कार्यान्वयन नगरेको भन्दै डा. केसीले इलाममा अमरण अनसन सुरु गरेपछि समर्थनमा काठमाडौंमा प्रदर्शन गरिएको हो ।

डा. केसीका समर्थकहरू माफियाका ताँती, सरकारका साथी, मेडिकल शिक्षामा भएको लुटतन्त्र बन्द गरलगायतका नारा लेखिएका प्लाकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए । केसीले सम्झौताविपरीत संसदको शिक्षा तथा स्वास्थ समितिले चिकित्सा शिक्षा विधेयक संसदमा पठाएको भन्दै अनसन सुरु गरेका छन् ।

डा. केसीले सरकार इमानदार नभएकाले सोह्रौं सत्याग्रह बस्नुपरेको बताउँदै आएका छन् । उनले माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वायन गर्ने सहमति भए पनि यसमा निश्चित निजी मेडिकल कलेजमा नेताहरुको लगानी रहेकाले उनीहरुको पक्षमा काम गरेको बताएका छन् ।

प्रकाशित समय २०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु