गृहपृष्ठ Flash News
धनकुटाको भेडेटारस्थित भोजपुरे गोलाईमा यात्रुबस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । रौतहटबाट धनकुटाको पाख्रिबास कृषि अनुसन्धान केन्द्रतर्फ अध्ययन भ्रमणको टोली लिएर आउँदै गरेको ना ५ ख ३३२८ नं को बस कोशी राजमार्गअन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भोजपुरे गोलाईमा ‘ब्रेकफेल’...
दिवंगत वरिष्ठ नशारोग विशेषज्ञ डा. उपेन्द्र देवकोटाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । मंगलबार अपराह्न विद्युतीय शवदाह गृहमा उनको अन्त्येष्ठी गरिएको हो । देवकोटाको पार्थिव शरीरमा पत्नी डा. मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागबत्ती दिए । अन्त्येष्टिका क्रममा...
नेपाली कांग्रेसका शीर्ष नेताहरु हेटौंडामा जम्मा भएका छन् । जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा सहभागी हुन नेताहरु मकवानपुरको हेटौंडा पुगेका हुन् । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइरालालगायतका नेता हेटौंडामा छन् । भोलिदेखि...
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्नुअघि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन् । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय...
वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको बाँसबारीस्थित न्युरो अस्पतालमा साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पताल प्रशासनले जनाएको छ । लामो समय बेलायतमा उपचार गराएर डा. देवकोटा केही महिनाअघि नेपाल फर्किएका थिए...
आज दिउँसो २ बजे बस्ने भनिएको राष्ट्रिय सभाको बैठक सरेको छ । आज २ बजे राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । प्रधानमन्त्री ओलीको सार ५ गतेबाट हुने औपचारिक चीन भ्रमणबारे जानकारी गराउन सम्बोधन...
राष्ट्रिय सभामा गृह मन्त्री रामबहादुर थापा 'बादल' काे कार्यकाल ६ वर्षकाे हुने भएकाे छ । याे सँगै गृहमन्त्री थापा ६ वर्षका लागि राष्ट्रिय सभामा सदस्य रहने भएका छन् । यस्तै अर्थमन्त्री डा. युवराज खतिवडाकाे कार्यकाल भने २ वर्षकाे हुने भएकाे...
रूसमा जारी विश्वकप फुटबल अन्तर्गत अाइतबार भएको खेलमा जर्मनी मेक्सिकोसँग पराजित भएको छ । समूह चरणको खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई मेक्सिकाेले १-० गोल अन्तरले पराजित गरेको छ । सन् २०१४ को विश्वविजेता जर्मनी उपाधि रक्षा गर्ने उद्देश्यसहित रूस यात्रामा थियो...
काठमाडौं- सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले डिजेल, पेट्रोल र मटि्टतेलको मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटेको छ । अब पेट्रोल लिटरको ११० रुपैयाँमा झरेको छ ।...
विभागीय मन्त्रीको अनुपस्थितिका कारण स्थगित भएको संघीय संसदको बैठक पुनः सुरु भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा संसदमा उपस्थित भएपछि बैठक सुरु भएको हो । संघीय...











