गृहपृष्ठ Flash News
विश्वकप फुटबलको समूह ‘डि’ को पहिलो खेलमा अर्जेन्टिना र अाइसल्यान्डबीच खेल भइरहेको छ । सुरूवाती अग्रता लिएकाे अर्जेन्टिनालार्इ राेक्दै अाइसल्यान्डले बराबरी गोल फर्काएको छ । १९औं मिनेटमा अर्जेन्टिनाका कुन अगुएरोले गोल गरेकोमा केही मिनेटभित्रै अाइसल्यान्डले बराबरी गोल फर्काएको हो ।...
सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ स्थित हलगडा नजिक धरान–इटहरी सडकखण्डमा आज भएको सवारी दुर्घटनामा परी एकजनाकाे मृत्यु भएकाे छ । टेम्पो र बस एकापसमा जुध्दा भएको घटनामा परी थप तीनजना घाइते भएकाे पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएकाे छ ।...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । नेकपा एमाले र माओवादी केन्द्र एकीकरणपछि गठन भएको नेकपाको यो पहिलो स्थायी कमिटी बैठक हो । नेकपाको स्थायी कमिटी ४५ सदस्यीय छ । स्थायी कमिटीमा तत्कालीन एमालेका...
नेपाल ट्रेड युनियन कांग्रेसको नेतृत्वमा वरिष्ठ नेता रामचन्द्र पौडेलले मैदान उतारेका पुष्कर आचार्यको प्यानल नै विजयी भएको छ । शनिबार भएको मतदानमा अध्यक्षमा ८१८ मतसहित आचार्य निर्वाचित भएका हुन् । संस्थापन पक्षका खिलनाथ दाहालले ५३३ मतमात्र ल्याए । १७ पदाधिकारीसहित...
चितवनमा माइक्रो बस र ट्रक आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ६ जना घाइते भएका छन् । काठमाडौँबाट नारायणगढ आइरहेको ना ६ ख ४०६४ नम्बरको ट्रक र पोखराबाट काठमाडौं गइरहेको ग १ ख ७६९२ नम्बरको...
काठ तस्करी गरेको आरोपमा सशस्त्र प्रहरी संखुवासभाका डीएसपी रामप्रसाद भण्डारी निलम्बित भएका छन् । सशस्त्र प्रहरी प्रधान कार्यालयले उनलाई निलम्बन गरेको पत्र थमाएको हो । डिएसपी भण्डारीलाई प्रहरीकै सवारी साधन प्रयोग गरी काठ तस्करी गरेको आरोप छ । यही आरोपमा...
बागलुङको ताराखोला गाउँपालिकास्थित अर्गलमा बिहीबार भएको जिप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । घुस्मेलीदेखि अर्गल भातखाने डाँडातर्फ जाँदै गरेको ग. १ ज ६०३४ नम्बरको पिकअप दुर्घटना हुँदा ताराखोला-३ का २४ वर्षीय हेमन्त घिमिरे र ५४ वर्षीय हरिराम गिरीको घटनास्थलमै ज्यान...
रुपन्देहीको गैडहवा गाउँपालिकामा पङ्खाले लागेर एक जना युवकको मृत्यु भएको छ । तीव्र गतिमा चलिरहेको पंखाले घाटीमा लाग्दा उनकाे मृत्यु भएको हो । गैडहवा गाँउपालिका– २, सीतापुरका अन्दाजी २० वर्षीय रियाजुिद्दन शेषको मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी दिएको...
काठमाडौंको शंखमुलस्थित यूएन पार्कमा ललितपुरका गुन्डा अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ । मोस्ट वान्टेड सूचीमा रहेका लामालाई पक्राउ गर्न गएको महाशाखाको टोलीमाथि जाइलागेपछि गोली चलाउनुपरेको अपराध महाशाखाले जनाएको छ । घटनास्थलबाट प्रहरीले एउटा पस्तोल र दुई राउन्ड गोली...
दोलखाको लादुकमा आइतबार बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित अन्य आठ जना घाइते भएका छन् । मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा र सोही स्थानका ५० वर्षीय टीकाबहादुर कार्की रहेको जिल्ला प्रहरी...











