गृहपृष्ठ प्रदेश २

धनुषामा डिष्ट्रिलरी व्यवसायीको हत्या
धनुषामा डिष्ट्रिलरी व्यवसायीको हत्या

५१ वर्षीय डिष्ट्रिलरी व्यवसायी प्रमोद रेग्मीको हत्या भएको छ । रेग्मीको माघ १५ गते शव बरामद गरिएको प्रहरीले जनाएको छ । क्षिरेश्वरनाथ नगरपालिका –७ महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्ट्रिलरी इन्डस्ट्रिजका सञ्चालक उदयपुर जिल्ला त्रियुगा नगरपालिका ७ चुओर स्थायी घर भएका प्रमोद रेग्मीको...

प्रदेश २ मा २२७३ जनालाई लगाइयो कोरोनाविरुद्धको खोप
प्रदेश २ मा २२७३ जनालाई लगाइयो कोरोनाविरुद्धको खोप

कोरोनाविरुद्ध खोप दिने अभियानअन्तर्गत प्रदेश २ मा दुई दिनमा दुई हजार २७३ जनालाई खोप दिइएको छ । प्रदेश २ मा माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोपको सुरुवात गरेको हो । अभियानको पहिलो दिन माघ १४ गते प्रदेश २ मा ७३३ जनालाई...

चोरीमा संलग्नसहित तीन जना प्रहरीको नियन्त्रणमा
चोरीमा संलग्नसहित तीन जना प्रहरीको नियन्त्रणमा

इलाका प्रहरी कार्यालय अनारमनीले चोरीमा संलग्न रहेका आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिनेमा अर्जुनधारा नगरपालिका–४ निवासी ४१ वर्षीय विक्रम दनुवार रहेका छन् । उनका साथबाट प्रहरीले एक लाख ४८ हजार ६६५ र भारु एक हजार ५००...

भ्रमले गर्दा खोप लगाउने कार्य सुस्त
भ्रमले गर्दा खोप लगाउने कार्य सुस्त

महोत्तरीमा कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य सुस्त देखिएको छ । फ्रन्टलाइनमा बसेर काम गर्नेलाई प्राथमिकता दिएर सुरु गरिएको खोप दुई दिनमा २९९ जनाले मात्र लगाएका छन् । पहिलोपटक जलेश्वर अस्पताल र स्वास्थ्य कार्यालय महोत्तरीमा कार्यरतलाई खोप लगाइने तालिकाभित्र पहिलो दिन...

विद्यालयमा लोपोन्मुख प्रजातिको अजिंगर फेला
विद्यालयमा लोपोन्मुख प्रजातिको अजिंगर फेला

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भुलुवास्थित आधारभूत विद्यालयमा आज दिउँसो लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । शिक्षक बस्ने कोठामा करिब १० फिट लम्बाइ र १० किलोग्राम तौल भएको अजिङ्गर फेला परेकोे विद्यालयका शिक्षक ओमप्रकाश रजकले जानकारी दिए विद्यालयका विद्यार्थीले देखेपछि...

बालिकालाई विक्री गर्न लैजाँदै गरेको अवस्थामा पक्राउ
बालिकालाई विक्री गर्न लैजाँदै गरेको अवस्थामा पक्राउ

६ वर्षीया बालिकालाई भारततर्फ विक्री गर्न लैजाँदै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका- १२ बस्ने ३५ वर्षीय मनोज महतोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महतोले बालिकालाई बेचबिखन गर्नको लागि लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जटहीबाट खटिएको प्रहरीले खोजी...

टिपरले ठक्कर दिँदा दुईको मृत्यु
टिपरले ठक्कर दिँदा दुईको मृत्यु

महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज सोमबार बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बलवा नगरपालिका–९ बस्ने १९ वर्षीय प्रमोदराम चमार र औरही नगरपालिका–४ बस्ने १७ वर्षीय गुड्डु नदाफ रहेको जिल्ला प्रहरी...

अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्कविहीन
अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्कविहीन

धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन भएका छन् । अग्रवाल केही दिनयता आफूहरुको सम्पर्कमा नरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । 'केही दिनयता अन्नपूर्णका मिलका सञ्चालक हाम्रो सम्पर्कमा हुनुहुन्न,' प्रजिअ पौडेलले भने, 'उखु उत्पादक...

सर्लाहीबाट पेस्तोलसहित एक पक्राउ
सर्लाहीबाट पेस्तोलसहित एक पक्राउ

सर्लाहीको कविलासीबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का ५० वर्षीय अरुण मिश्र रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । मिश्रलाई कविलासी नगरपालिका–१० चमेलीमाईबाट हतियारसहित पक्राउ...

सप्तरीमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु
सप्तरीमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु

सप्तरीको बोदे बरसाइन नगरपालिकामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा आज एकको मृत्यु भएको छ । जिल्लाको बिसनपुरबाट बोदे बरसाइनतर्फ जाँदै गरेको तीन जना सवार प्रदेश नम्बर २–०१–००१ प ६४०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार खडक नगरपालिका–८ का १८...