गृहपृष्ठ प्रदेश २

सिरहाकाे जिबाखाेला पुलनजिक राखिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज
सिरहाकाे जिबाखाेला पुलनजिक राखिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

पूर्व-पश्चिम राजमार्जअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका- ५, जिबाखोलाको पुलनजिकै फेला परेको प्रेसर कुकरमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । शनिबार बिहान फेला परेको उक्त शंकास्पद वस्तु चोहर्वास्थित श्री शेर गणबाट गएको नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो...

ठूलो परिमाणमा लागुऔषधसहित दुई जना पक्राउ
ठूलो परिमाणमा लागुऔषधसहित दुई जना पक्राउ

ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको गोलबजारबाट दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय गोलबजार सिरहाबाट खटिएको टोलीले बिहीबार साँझ प्रतिबन्धित लागुऔषधसहित गोलबजार नगरपालिका–२ निवासी २२ वर्षीय राकेशकुमार साह र मिर्चैया नगरपालिका–८ निवासी २७ वर्षीय अनिल शर्मालाई पक्राउ...

सप्तरीमा ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते
सप्तरीमा ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कञ्चनरूप–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नंको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआशिष रामको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ...

अझै पाएनन् उखु किसानले बाँकी रकम
अझै पाएनन् उखु किसानले बाँकी रकम

सर्लाहीका उखु उत्पादक किसानले अझै उखुको बाँकी बक्यौता पाउन सकेका छैनन् । सरकारले चिनी उद्योगीबाट उखु किसानलाई तिर्न बाँकी बक्यौता भुक्तानी दिलाउने भन्दै पुस १३ गते गरेको सम्झौतापछि पनि किसानले भुक्तानी पाउन नसकेका हुन् । किसानले काठमाडौँमा गएर यस वर्ष...

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

सप्तरीको खडक नगरपालिकास्थित हुलाकी सडकमा गए राति मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा खडक नगरपालिका-११ निवासी २१ वर्षीय मोटरसाइकल चालक सिवेन्द्र साह र पछाडि सवार २५ वर्षीय अरविन्द यादव...

सप्तरीमा रोकियो बालिका र वृद्धबीच हुन लागेको विवाह
सप्तरीमा रोकियो बालिका र वृद्धबीच हुन लागेको विवाह

स्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले मंगलबार हुन लागेको बालविवाह रोकेको छ । बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिई बालविवाह रोकेको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष सत्यनारायण यादवले जानकारी दिए । रामपुर मल्हनिया...

वीरगञ्ज नाकाबाट निर्यात बढ्दै
वीरगञ्ज नाकाबाट निर्यात बढ्दै

वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि हुने आयातमा कमी आएको छ भने नेपाली वस्तुको निर्यातमा वृद्धि भएको छ । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी नेपालका लागि हुने मालवस्तुको आयातमा ११ प्रतिशतले कमी आएको छ भने भारत तथा तेस्रो...

बालविवाहमा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ
बालविवाहमा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ

हनुमाननगर कंकालिनि नगरपालिका- १४, रामपुरमा बालविवाह गर्ने/गराउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका बस्ने १५ वर्षीया बेहुली, तिरहुत गाउँपालिका-३ बस्ने बेहुला ४३ वर्षीय बिनोद सुतियार, विवाह गराउने कार्यमा संलग्न...

चिसोले प्रदेश २ मा चार जनाको मृत्यु
चिसोले प्रदेश २ मा चार जनाको मृत्यु

अत्यधिक चिसोले प्रदेश २ मा पुसयता चार जनाको मृत्यु भएको छ । शीतलहरबाट कठ्यांग्रिएर जाडोको समयमा चार जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको हो । चिसो र शीतलहरबाट प्रभावित भई सर्लाहीको हरिपूर्वा ४ का २४ वर्षीय रोजाई शेख,...

एचआईभी एड्सबाट किशोरीको मृत्यु
एचआईभी एड्सबाट किशोरीको मृत्यु

सप्तरीको राजविराजमा आइतबार साँझ एचआईभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका १ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले जानकारी दिए । एचआईभी एड्सको...