गृहपृष्ठ कर्णाली

कर्णालीमा पहिलो चरणमा कोरोना खोप लगाउन छुटेकालाई आइतबार लगाउन थालिएको छ । स्वास्थ्य सेवा निर्देशनालयले पहिलो चरणमा छुटेका लक्षित व्यक्तिलाई प्रदेशका १२ वटै केन्द्रबाट खोप लगाउने व्यवस्था मिलाइएको जनाएको छ । कर्णालीमा पहिलो चरणमा पहिचान गरिएका दुई हजार ३६० जनाले...

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको स्वस्थ जीवनका लागि खेल क्षेत्रको विकासमा जोड दिने बताएका छन् । प्रदेश सरकारको तेस्रो स्थापना दिवसको पूर्वसन्ध्यामा सामाजिक विकास मन्त्रालयको आयोजना तथा कर्णाली प्रदेश खेलकुद परिषद्को संयोजनमा शुक्रबार सञ्चालित प्रदेश सरकार–११ र एन्फा–११...

कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘ग्याल्पो र सोनामल्होसार पर्व, २०७७’को अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले नयाँ वर्ष आरम्भको रूपमा बौद्ध धर्मावलम्बीहरुले मनाउने ग्याल्पो र तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा...

पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले ९२ करोड ३७ लाख बजेटमा ९७ आयोजना निर्माण गर्न थालेको छ । निर्देशनालयले पहिलो चौमासिकमा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा चार किलोमिटर पक्की सडक निर्माण गरेको छ । प्रदेशको सुर्खेतमा मात्रै ८५ किलोमिटर सडक, आठ मोटरेबल...

स्वास्थ्यका पाँच मापदण्डसहित बिहेवारी २० वर्षपारि पूरा गरी शिशु जन्माएका असल आमालाई पुररस्कारसहित सम्मान गरिएको छ । दैलेखको जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकाले ९० जना आमालाई नगद पुरस्कारसहित सम्मान गरिएको नारायण नगरपालिकाले जनाएको छ । दुईमात्र सन्तान भएका, स्वास्थ्यको मापदण्डअनुसार...

उच्च हिमाली जिल्ला हुम्लाको आसपास गाउँका अधिकांश बालबालिकाले भारी नबोकी चुलो नबल्ने अवस्था छ । बिहान–बेलुका हातमुख जोड्नका लागि भारी बोक्नैपर्ने बाध्यता यहाँका बालबालिकाको रहेको छ । हातमुख जोड्न मात्र होइन, गाउँबाट सदरमुकाम सिमकोटमा दाउरा लिएर बिक्री नगरेसम्म घरखर्च पनि...

जिल्लाको महाबु गाउँपालिकामा अस्पताल निर्माणका बेला स्थानीयवासीका अनेकौँ सपना थिए । अस्पताल बन्छ, डाक्टर आउँछन् र आफ्नै गाउँठाउँमा राम्रो उपचार पाउने आस थियो महाबुका वासिन्दाको । गाउँपालिकामै १० शैयाको अस्पताल बन्यो । अस्पताल सञ्चालनका लागि गाउँपालिकाले आवश्यक चिकित्सकसहित तीन स्वास्थ्यकर्मीको...

कैलालीको जानकी गाउँपालिका- ९, पूर्वी खैरीफाँटामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको छ । घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गंगा जैगडी, २० वर्षीया भावना ओड र १७ वर्षीया धनसरी विकको घटनास्थलमै मृत्यु भएको...

हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका फरक क्षमता तथा अपांगता परिचयपत्र वितरण गर्न थालिएको छ । स्थानीय सरकार सञ्चालन भएको तीन वर्ष पूरा भए पनि अपांगता परिचयपत्र वितरण समितिले पूर्णता नपाउनुका साथै विशेषज्ञा चिकित्सकको अभावमा परिचयपत्र वितरण कार्य रोकिएको थियो...