गृहपृष्ठ दाइँजो र फजुल खर्च रोक्न ५ सय १ रुपैयाँमा विवाह
दाइँजो र फजुल खर्च रोक्न ५ सय १ रुपैयाँमा विवाह
राजविराज- समाजमा जरा गाडेको दाईजो प्रथालाई चुनौती दिदै सप्तरीको राजविराजका एक जोडिले आदर्श विवाह गरेका छन् । ५ सय १ रुपैया खर्च गरेर उनीहरुले मन्दीरबाट विवाद गरेका हु्न् ।
दाइजोको विषयमा तराई विशेष गरी बढी केन्द्रमा रहने क्षेत्र हो । तराई क्षेत्रमै दाइजो विरुद्धको अभियानलाई साथ दिने युवाजोडि कमै हुने गर्दछन् ।
मंगलबार छिन्नमस्ता भगवती मन्दिरमा सप्तरीको छिन्नमस्ता गाउँपालिकाका २२ बर्षिय अंकेश यादव र सोही वडा की २० बिर्षया प्रतिभा कुमारी यादव बिच आदर्श विवाह भएको हो ।
छिन्नमस्ता भगवती मन्दिरमा बिना तामझाम सादा समारोह बिच सम्पन्न विवाहमा दुवै पक्षका अभिभावकलाई चिया बिस्कुट, माला, सिन्दुर पोते र पंडित नरेश झालाई ५१ रुपैया दक्षिणा गरी कुल ५ सय १ रुपैया खर्च भएको बेहुलीका बाबु राम सुन्दर यादवले जानकारी दिए ।
प्रेम सम्बन्धकै कारण एक साता अघि घरबाट भागेका ति प्रेमी जोडीलाई झिकाई दुवैको अभिभावकको सहमति तथा स्थानिय भद्रभलादमीको उपस्थितिमा आदर्श विवाह सम्पन्न भएको वैवाहिक कार्यक्रममा सहभागी भएका संघीय समाजवादी फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश यादवले बताए ।
विवाह पछि निकै प्रसन्न मुद्रामा देखिएका बेहुला अंकेसले भने, ‘दाईजोको चक्करमा नपरी मन पराएकी केटीसँग गरेको प्रेम विवाहमा परिणत भएपछि खुशिको सिमा छैन ।’
प्रकाशित समय ०९:५० बजे

















