गृहपृष्ठ सिचुवान नेपालको पूर्वाधार विकासमा लगानी गर्न तयार
सिचुवान नेपालको पूर्वाधार विकासमा लगानी गर्न तयार
काठमाडौं– सभामुख कृष्णबहादुर महरासँग चीनको सिचुवान प्रान्तका उपगभर्नर पेङ युसिङ नेतृत्वको प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गर्दै आफूहरु नेपालको पूर्वाधान विकासका लागि लगानी गन तयार भएको बताएका छ ।
संसद सचिवालयमा सिचुवान प्रान्तका उपगभर्नर नेतृत्वको प्रतिनिधि मण्डलले सभामुख महरासँग भेटवार्ता गरेको हो । भेटवार्तामा सभामुख महराले नेपाल–चीन सम्बन्ध निकै पुरानो र गहिरो रहेको बताउँदै नियमित भेटघाट र भ्रमणले सम्बन्धलाई थप नजिक र बलियो बनाउने बताए । नेपाल तीन तहका निर्वाचन सम्पन्न गरी आर्थिक समृद्धि, स्थायित्व र विकासतर्फ लम्किएको बताउँदै महराले नेपालको समृद्धिका लागि चीनको सहयोगको खाँचो रहेकोमा जोड दिए ।
विगतमा आफूले नै चीनको वान वेल्ट वान रोड (ओविओआर) परियोजना सम्झौता गर्न चीन पुगेको स्मरण गर्दै सभामुख महराले भने, ‘चीनको महत्वपूर्ण परियोजना वान वेल्ट, वान रोड (ओविओआर)को समिटमा म आफै सहभागी भएको थिएँ, यस परियोजनाबाट नेपालको विकासमा धेरै ठूलो भूमिका हुनेछ ।’
सिचुवान प्रान्तका उपगर्भनर पेङ युसिङले चीन र सिचुवानले नेपालको पूर्वाधार विकासमा लगानी गर्न इच्छुक रहेको बताए । उनले ऊर्जा, कृषि, पर्यटन, रेलमार्ग र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी गर्न तथा संस्कृति, प्रविधि र समाजका विविध विषयमा सहकार्य गर्न इच्छुक रहेको बताए ।
चीनमा बौद्ध धर्मावलम्बीहरु ठूलो संख्यामा रहेको भन्दै उपगर्भनर पेङले बुद्धको जन्मस्थल लुम्बिनी आफूहरुका लागि ठूलो पर्यटकीय तथा धार्मिक स्थल भएको बताए । सिचुवानका थुप्रै ठाउँहरुमा बुद्ध र बौद्ध धर्मसम्बन्धी पर्यटकीय तथा धार्मिक केन्द्र रहेको र त्यसले नेपाल र सिचुवानलाई झन नजिकबाट जोड्ने विश्वास व्यक्त गरे ।
आफूहरु नेपालमा पहिलोपटक आएको बताउँदै पेङले आफूहरु यहाँको प्राकृतिक सौन्दर्यता, हावापानी र नेपालीहरुको मायाले प्रभावित भएको बताए । उनले नेपाल–चीनका उच्चस्तरीय भ्रमणहरुलाई बढाउने बताउँदै सिचुवानमा नेपालको महावाणिज्य दूतावास खोल्नका लागि आग्रह समेत गरे ।
जवाफमा सभामुख महराले नेपालको पूर्वाधार विकासमा लगानी गर्ने चाहनाप्रति खुसी व्यक्त गर्दै नेपालको विकासमा चीन र सिचुवानको विशेष भूमिका रहनेमा विश्वास व्यक्त गरे ।
प्रकाशित समय ०८:४४ बजे

















