गृहपृष्ठ सगरमाथाको चुचुरोमा पत्रकार पूर्णिमा
सगरमाथाको चुचुरोमा पत्रकार पूर्णिमा
काठमाडौं- फोटोपत्रकार पूर्णिमा श्रेष्ठले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । उनले शनिबार बिहान ८.१० बजे शिखर चुमेकी हुन् । सफल आरोहणसँगै उनी सर्वोच्च शिखरमा पाइला टेक्ने पहिलो नेपाली फोटो पत्रकार बनेकी छन् ।
गोर्खाको आरुघाटकी श्रेष्ठले मनास्लु हिमालको पनि सफल आरोहण गरिसकेकी छन् । आरोहण गर्ने क्रममा फोटो पत्रकार श्रेष्ठले पहिलोपटक सर्वोच्च शिखर सगरमाथाको आधार शिविरबाट चुचुरोसम्म ‘मुस्कुराइरहेका नेपाली महिलाहरू’ नामक एकल फोटो प्रदर्शनीसमेत गरेकी छन् ।
नेपालको संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डको फोटो नेपाल अभियानअन्तर्गत रहेर फोटो पत्रकार क्लबको प्राविधिक सहयोगमा श्रेष्ठले सगरमाथामा फोटो प्रदर्शनी गरेकी हुन् ।
प्रकाशित समय १३:४२ बजे

















