गृहपृष्ठ आईपीएल बेस्ट बलिङ इकोनोमीमा सन्दीप शीर्ष स्थानमा
आईपीएल बेस्ट बलिङ इकोनोमीमा सन्दीप शीर्ष स्थानमा
काठमाडौं– नेपाली युवा बलर सन्दीप लामिछाने आईपीएल बेस्ट बलिङ इकोनोमीमा शीर्ष स्थानमा उक्लिएका छन् । शुक्रबार चेन्नेर्इ सुपर किन्सविरूद्ध किफायती बलिङ गरेका सन्दीप कम रन दिने खेलाडीको सूचीमा शीर्ष स्थानमा उक्लिएका हुन् ।
पहिलो खेलमा भेट्रान ब्याट्सम्यान विराट कोहलीलगायत विरूद्ध बलिङ गरेका सन्दीपले दोस्रो खेलमा भारतीय पूर्वकप्तान महेन्द्रसिङ धोनी, सुरेश रैनालगायत विरूद्ध बलिङ गरेका थिए । दुर्इ खेलमा आठ ओभर बलिङ गर्दा सन्दीपले जम्मा ४६ रन खर्चिंदै दुर्इ विकेट लिएका छन् । दिल्ली डेयरडेभिल्सबाट खेलिरहेका सन्दीपको बलिङ इकोनोमी औसत ५.७५ छ ।
सबैभन्दा कम रन दिने बलरको सूचीको दोस्रो स्थानमा राजस्थान रोयल्सका इश सोधी छन् । उनले चार खेलमा १५ ओभर बलिङ गर्दै ८९ रन खर्चेका छन् । उनको बलिङ इकोनोमी रेट ५.९३ छ । त्यस्तै सनराजर्स हैदराबादका बलर सन्दीप शर्मा बेस्ट बलिङ इकोनोमीमा तेस्रो स्थानमा छन् । उनले ९ म्याचमा ३५ ओभर बलिङ गर्दै २२१ रन दिएर ९ विकेट लिएका छन् । उनको बलिङ इकानोमी रेट ६.३१ छ ।
भेट्रान बलरहरू डी आर्की शर्ट चौथो, जसप्रित बुमराह पाँचौं, मोइन अली छैटौं, युसुफ पठान आठौं, रसिद खान एघारौं र अमित मिश्रा तालिकाको चौधौं स्थानमा छन् ।
प्रकाशित समय १३:३४ बजे

















