गृहपृष्ठ उपसचिव खगेन्द्रप्रसाद सुवेदी ५० हजार घुससहित पक्राउ

उपसचिव खगेन्द्रप्रसाद सुवेदी ५० हजार घुससहित पक्राउ

काठमाडाैं- उपसचिव खगेन्द्रप्रसाद सुवेदी ५० घुस लिँदालिँदै पक्राउ परेका छन् । विद्यालयमा योजना पारिदिने भन्दै ५० हजार घुस लिदै गर्दा सुवेदी पक्राउ परेका हुन् । शिक्षा विकास तथा समन्वय इकाई, सुनसरी जिल्ला शिक्षा कार्यालयका उपसचिव सुवेदीले भन्टावारीको विद्यालय भवन तथा शौचालय निर्माणको योजना पारिदिने प्रयोजनका लागि घुस मागेका थिए । घुस रकम मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट गएको टोलीले सुवेदीलाई पक्राउ गरेको हो । अख्तियारका अनुसार सुवेदीलाई सुनसरीको इनरुवा नगरपालिकास्थित सरकारी निवासबाटै नियन्त्रणमा लिइएको हो । घूस लेनदेनबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित समय १७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु