गृहपृष्ठ पत्रकार थापालाई गोगो फाउन्डेसन अवार्ड

पत्रकार थापालाई गोगो फाउन्डेसन अवार्ड

?????????????????????????????????????????????????????????

काठमाडौं- मुलुकमा असल शासन अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याएको भन्दै पत्रकार हरिबहादुर थापालाई ‘गोगो फाउन्डेसन अवार्ड’ बाट सम्मान गरिने भएको छ । पत्रकारिताको माध्यमबाट भ्रष्टाचारविरूद्धको अभियानमा विशिष्ठ योगदान पुर्याउने कान्तिपुर दैनिकका सम्पादक हरिबहादुर थापालाई उक्त अवार्ड प्रदान गर्ने निर्णय भएको फाउन्डेसनका कार्यकारी निर्देशक केदार खड्काले जानकारी दिए । फाउन्डेसनले मुलुकमा असल शासन अभिवृद्धिका लागि विशिष्ट योगदान गर्ने ‘पत्रकार’, ‘सार्वजनिक प्रशासक’ तथा ‘सामाजिक अभियन्ता’को पहिचान गरी उत्प्रेरित गर्ने उद्देश्यले अवार्ड स्थापना गरेको हो । फाउण्डेसनले यो अवार्ड उल्लिखित तीन क्षेत्रमध्ये हरेक वर्ष कुनै एक क्षेत्रबाट सुशासनका लागि भ्रष्टाचारविरूद्धको अभियानमा विशिष्ट योगदान पुर्याउने एकजना व्यक्ति चयन गरी सम्मानपत्र, रनिङ सिल्ड र नगद पुरस्कारबाट सम्मान गर्दै आएको छ । यसअघि, डा. भगवान कोइराला र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सो पुरस्कारबाट सम्मान गरिएको थियो ।

प्रकाशित समय १७:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु