गृहपृष्ठ १६ पृष्ठकाे बयानमा गाेरेले के भने ?
१६ पृष्ठकाे बयानमा गाेरेले के भने ?
काठमाडाैं- सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा प्रमुख भनिएका चूडामणि उप्रेती ‘गोरे’ले अदालतमा १६ पृष्ठकाे बयान दिइसकेका छन् । दुई दिनदेखि लिइएकाे उनकाे वयान विहीबार पनि सकिएन ।
गाेरेलाई नभेट्दा धेरै तथ्य लुक्ने बताउने एकथरी र भेट्दा उसका पछाडिहेका उच्च वर्ग लुक्ने अर्काे थरीकाे अड्कलवाजिका बीच उनकाे बयान जारी छ । अन्य अभियुक्तकाे भन्दा उनकाे बयान निकै गाेप्य राखिएकाे छ ।
अाखिर के के प्रश्न साेधिएका छन् त अनि उत्तर के अाएकाे छ त ? प्रारम्भिक बयानमा गोरेलाई घटनाको पृष्ठभूमिसँग जोडिएका प्रश्न सोधिएको स्रोतको दाबी छ । गोरेले बयानमा मुद्दाका प्रतिवादीको तस्करीमा संलग्नता रहेको बताएको अदालत स्रोतले बताएको छ । बयान सकिएपछि सरकारी वकिलका तर्फबाट बहस हुनेछ । सुन तस्करीमा उनले उच्च तहका नेताहरूकाे नामसमेत बयानमा उल्लेख गरेका छन्र । उनले अाफूले भरियाकाे काम मात्रै गरेकाे बताउँदै अाएकाे स्राेतले बताएका छ ।
अाफ्नाे ज्यान नै जाने स्थिती भएपिछ अात्मसमर्पण गर्न भारतबाट नेपाल अाएका उनी पक्राउ पर्नुअघि काठमाडाैं अाएर सम्बन्धित व्यक्तिहरूसंग छलफल गरेर नै पक्राउ परेकाे स्राेतहरूले बताइरहेका छन् । गाेरेकाे बयान माेरङ जिल्ला अदालतमा चलिरहेकाे छ । अाजपनि उनकाे बयान हुनेछ । त्यसपछि गोरेतर्फका कानुन व्यवसायीले बहस प्रस्तुत गर्नेछन् ।
अहिलेसम्म गोरेको तर्फबाट बहस गर्न एक जना मात्र कानुन व्यवसायीले वकालतनामा दर्ता गराएका छन् । गोरेको तर्फबाट अधिवक्ता यामबहादुर मगरले बहस गर्नेछन् । बहस सुन्ने र थप प्रमाण बुझेपछि इजलासबाट थुनछेकको आदेश हुनेछ । मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा बुधबारदेखि विहीबार पाँचबजेसम्म बयान दिँदा पनि अझै नसकिएन ।
गोरेको बयान शुक्रबार पनि हुनेछ बयान सकिएपछि आइतबार मात्र थुनछेक बहस सुरु हुनेछ । काठमाडौंबाट मंगलबार पक्राउ परेका गोरेलाई सोही दिन अबेर जिल्ला अदालत मोरङ पेस गरिएको थियो । अदालतले मंगलबारमात्र ३० अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने, एक जनालाई धरौटी र एक जनालाई सामान्य तारेखमा राख्ने आदेश गरेको थियो ।
प्रहरीको एक महिना लामो अनुसन्धानपछि गत वैशाख २६ गते जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी आरोपपत्रसँगै अदालतमा पेश गरेको थियो। उनीहरूविरुद्ध संगठित अपराध अन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो । मुद्दामा प्रहरीका उच्च अधिकारीलगायत ६३ जना विपक्षी रहेका छन् । पक्राउ परेर बयान लिएपछि भएको थुनछेक आदेशमा २८ जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । उनीहरूलाई सुनसरीस्थित झुम्का कारागारमा राखिएको छ ।
प्रकाशित समय ०८:२० बजे

















