गृहपृष्ठ वडा सचिव सहित चारजना माथि कुटपिट
वडा सचिव सहित चारजना माथि कुटपिट
????????????????????????????????????
सर्लाही- सडकको सीमाना छुट्टाएर घर फर्किदै गर्दा स्थिानीयको समुहले वडा सचिव सहित चार जनालाई कुटपिट गरेको छ । कुटपिटबाट चार जना घाईते भएका हुन् ।
सर्लाहीको धनकौल वडा-२ मा टेण्डर लागेर सडक स्तरउन्नतीको कार्यभैरहेको स्थानमा सडक सिमाना छुट्टाएको भन्दै उनिहरुमाथी कुटपिट भएको प्रहरीले जनाएको छ । गत बुधवार दिउसो सडक सिमाना छुट्टाएर फर्किदै गर्दा सोही वडाका सचिव मुकेश कुमार सिंह, छोरा दिपेन्द्र प्रसाद साह, भान्जा भरत कुमार साह र सुनिल कुमार यादवमाथि हमला भएको हो ।
‘सडकको काममा स्थानीयले अबरोध गरेपछि हामीले नापजाचँ गरेर सडक कायम छुट्टाएऔं,’ घाईते वडा सचिव सिहले भने, ‘कार्यलय फर्कने क्रममा उनिहरुले लुकेर आक्रमण गरे ।’ सोही स्थानमा स्थानीयले सडक निर्माणमा पटक पटक अबरोध गर्दै आएको उनिहरुको आरोप छ । बिभिन्न बाहाँनामा एक समुहनै कामगर्न नदिने कार्यमा लागेको उन्को भनई थियो ।
उनिहरुलाई गाउँ बाहिर बाँसको झाँगमा लुकेर बसेका केही स्थानियबासीका समूहले आक्रमण गरेको धनकौल गाउँपालिकाका अध्यक्ष रामाश्रे साहले बताए । कुटपिटबाट मुकेश, दिपेन्द्र र भरतको टाउकोमा गम्भिर चोट लागेको छ, भने सुनिलको खुट्टामा समान्य चोट लागेको अध्यक्ष साहले बताए । टाउकोमा चोट लाग्ने तीनै जनालाई सर्लाही अस्पताल मलंगवामा समान्य उपचार पश्चात थप उपचारका लागि वीरगंज पठाइएको छ ।
यता जिल्ला प्रहरी कार्यलय मलंगवाले कुटपिट गर्ने समूहको पहिचान भएको जनाएको छ । कुटपिटमा संलग्न मध्य मध्ये एकजनालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक राजेश बाबु थापाले जानकारी दिए । पक्राउ पर्नेमा धनकौल २ सेखौनाका परिक्षण महतो रहेका छन् । यस विषयमा थप अनुसंधान भैरहेको समेत प्रहरीको भनाई छ ।
प्रकाशित समय १०:०० बजे

















