गृहपृष्ठ रुपन्देहीमा मनाइयो कृष्णसेन ‘इच्छुक’ स्मृति दिवस
रुपन्देहीमा मनाइयो कृष्णसेन ‘इच्छुक’ स्मृति दिवस
बुटवल– क्रान्तिकारी पत्रकार संगठन लुम्बिनीको आयोजनामा बुटवलमा १६औं कृष्णसेन ‘इच्छुक’ स्मृति दिवस मनाइएको छ । राजनीति, सामाज परिवर्तन, जनपक्षीय पत्रकारिता, सांस्कृतिक आन्दोलन तथा प्रगतिवादी साहित्यिक क्षेत्रमा इच्छुकले गरेको योगदानको चर्चा गर्दै नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का रुपन्देहीका जिल्ला इन्चार्ज शरद ओलीले कृष्ण सेनलाई सम्झेरमात्र उनका सपना पूरा नहुनेमा जोड दिए ।
अधिवक्ता एवं लेखक दिल सहानीले कृष्ण सेनको हत्या खोजीको विषय बनाउनुपर्ने बताए । कार्यक्रममा नेकपाका नेता तेजेन्द्र केसी, नेपाल पत्रकार महासंघका पूर्वसभापति हरि लम्साल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, पत्रकार बालकृष्ण चापागाई, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य पत्रकार दिपक ज्ञवाली, प्रेस युनियनका रुपन्देहीका सभापति विक्रम खड्का, पत्रकार महासंघका पूर्वसचिव रुद्रहरि कुँवरलगायतले कृष्ण सेन सबैको आदर्श व्यक्तित्व रहेको भन्दै उनका सपना पूरा गर्न पत्रकारले आफ्नो कलमलाई जनमुखी बनाउनुपर्ने धारणा राखे ।
जनादेश पत्रिकाको तत्कालीन सम्पादक इच्छुकलाई २०५९ साल जेठ ६ गते गिरफ्तार गरी १३ गते हत्या गरिएको थियो ।
प्रकाशित समय १६:१३ बजे

















