गृहपृष्ठ ललितपुरमा यातायात व्यवसायीको सिन्डिकेट तोडियो, गोदावरी-रत्नपार्क सीधा गाडी चल्ने
ललितपुरमा यातायात व्यवसायीको सिन्डिकेट तोडियो, गोदावरी-रत्नपार्क सीधा गाडी चल्ने

काठमाडौं । मुलुकभर सिण्डीकेट खारेज भएपछी रत्नपार्कदेखि गोदावरीसम्मको रूट परमीट लिएका व्यावसायीहरूले आजदेखि काठमाडौंको रत्नपार्कदेखि ललितपुरको गोदावरीसम्म सिधा गाडी चलाउन थालेको छन् । यसअघि रत्नपार्कदेखि गोदावरीसम्मको रुट पर्मिट लिए पनि लगनखेल वा सातदोबाटोसम्म मात्र चलाएका व्यवसायीले आजैदेखि रत्नपार्कसम्म नै गाडी चलाउन थालेका हुन् ।
अनुगमनको क्रममा रत्नपार्कदेखि गोदावरीसम्मको रुटपर्मिट लिए पनि आधा बाटोसम्म मात्रै गाडी चलाएको भेटिएपछि कडाई गर्न लागिएको ललितपुरका ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेथुले बताए । १७ वर्षदेखि लगनखेल हुँदै गोदावरी जाने गाडीमा कायम भएको सिन्डीकेट अन्त्य भएको भन्दै उहाँले रुटपरमिट अनुसार गाडी नचलाए ५ हजार रुपैयाँ जरिवाना तिराइने पनि बताए ।
यस्तै, सिट क्षमता भन्दा धेरै यात्रु राखेको पाइए पनि कारवार्ही गर्ने उनको भनाई छ । रत्नपार्कदेखि गोदावरीसम्मको भाडादर ३५ रुपैयाँ छ । रुटपर्मिट कार्यान्वयन नहुँदा यात्रुले लगनखेलमा पुगेर अर्को गाडी चढ्नुपर्ने बाध्यता थियो । अब यात्रुलाई सहज हुने भएको छ ।
प्रकाशित समय २०:५३ बजे