गृहपृष्ठ दाङको शान्तिनगरमा झाडापखाला नियन्त्रणतर्फ
दाङको शान्तिनगरमा झाडापखाला नियन्त्रणतर्फ
बुटवल– पश्चिम दाङको शान्तिनगर गाउँपालिका–३ र ४ मा पर्ने पातेटाकुरामा पखालाका कारण बिरामी परेकाहरुको अवस्था सामान्य बन्दै गएको छ । जसको कारण महामारी फैलिनबाट रोकिएको छ । तत्काल बिरामीको उपचार गरिएका कारण थप झाडापखाला सर्न नपाएका कारण समान्य अवस्थामा फर्किएको हो । गत राति १ बजेसम्म शान्तिनगर गाउँका चार सय १९ जनामा झाडापखाला देखिएको थियो ।
तीमध्ये गम्भीर बिरामी ४१ जनालाई राप्ती अञ्चल अस्पतालमा थप उपचारका लागि ल्याइएको थियो । राप्ती अञ्चल अस्पतालले एकजना बिरामीलाई कोहलपुर शिक्षण अस्पताल रेफर गरेको थियो । अन्य ४० बिरामीमध्ये २९ जनाको राप्ती अञ्चल र बाँकीको तुलसीपुरमा रहेको सिटी अस्पतालमा उपचार भइरहेको छ । बाँकी बिरामीको शान्तिनगर गाउँपालिकाको चिराघाट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । पखालबाट बिरामी परेको खबर पाएलगत्तै राप्ती अञ्चल अस्पताल तुलसीपुर, सदरमुकाम घोराहीबाट स्वास्थ्यकर्मीको टोली उपचारका लागि परिचालन गरिएको थियो । बिरामीमा अधिकांश महिला छन् । मुहानको पानी दूषित हुँदा पखाला लागेको उपचारमा संलग्न डा. हेमन्त कर्माचार्यले जानकारी दिए ।
प्रकाशित समय १८:०६ बजे

















