गृहपृष्ठ बुटवल उपमहानगर कर्मचारी कार्यालय खाली बनाएर देश विदेश भ्रमणमा
बुटवल उपमहानगर कर्मचारी कार्यालय खाली बनाएर देश विदेश भ्रमणमा
बुटवल- प्रमुख प्रशासकिय अधिकृत सहित बुटवल उपमहानगरपालीकामा कार्यरत डेढ दर्जन बढि कर्मचारीहरु एकै पटक देश बिदेश भ्रमणमा निस्किएका छन् । कर्मचारीहरु देशभित्रै र देश बाहिरको भ्रमणमा निस्कँदा आफुहरुले सेवा पाउनमा कठिन भएको सेवाग्राहीकाे गुनासो छ ।
प्रमुख प्रशासकिय अधिकृत राजन कुमार बिसीको नेतृत्वमा ईन्जिनियर गौतम रौनियार सहितको टोली बिपद ब्यबस्थापन सम्बन्धि तालिमको लागि चीन पुगेको ३ हप्ता भैसकेको छ ।
उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत, बरिष्ठ अधिकृत, बरिष्ठ ईन्जिनियर, शाखा अधिकृत, लेखापाल, नायव सुब्वा, खरिदार र कार्यालय सहयोगी समेत गरि १८ जनाको टोली देश बिदेशको भ्रमणमा निस्केका छन् ।
बरिष्ठ अधिकृत दामोदर ज्ञवालीको नेतृत्वमा जेष्ठ नागरिकहरुलाई घुमाउने भन्दै एक टोली पाल्पादेखि पोखरासम्मको भ्रमणमा निस्केका छन । अर्का बरिष्ठ अधिकृत बिजयदेव भुर्तेल नेतृत्वको एक टोली नगर भित्रका टोल बिकास संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई सौराह, गोरखा लगाएतका स्थानमा भ्रमणमा छन् । साथै नगरपालीका कर्मचारी एसोसियसनका अगुवाहरु सितु प्रसाद श्रेष्ठ र ठगिश्वर पौडेल नेतृत्वमा १५ जनाको जम्बो टोली रारा तालको अवलोकन भ्रमणका लागि पुगेका छन् ।
प्रकाशित समय ०८:१२ बजे

















