गृहपृष्ठ भव्य समाराेहबीच मनाइयाे गणतन्त्र दिवस (तस्बिरसहित)
भव्य समाराेहबीच मनाइयाे गणतन्त्र दिवस (तस्बिरसहित)
6'Fl8v]ndf u0ftGq lbj;
/fi6«klt ljBfb]jL e08f/L u0ftGq lbj; @)&% sf] pknIodf ;}lgs d~r 6'Fl8v]ndf cfOtaf/ cfof]lht ljz]if ;df/f]xdf ;nfdL u|x0f ug'{x'Fb} . tl:a/ M /Tg >]i7, /f;;
काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भइन् । समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो ।







नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले राष्ट्रभक्ति जगाउने राष्ट्रिय धुन प्रस्तुत गर्नुका साथै नेपालको लोकप्रिय नृत्य मारुनी र कौरा प्रस्तुत गरेका थिए । सो अवसरमा महानगरीय ट्राफिक प्रहरी, महिला प्रहरी, सेना र प्रहरीले ब्याण्ड र कवाज प्रस्तुत गरेका थिए । रासस
प्रकाशित समय १२:३८ बजे

















