गृहपृष्ठ कुरा होइन, काम गरेर देखाऊ : देउवा

कुरा होइन, काम गरेर देखाऊ : देउवा

काठमाडाैं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई कुरा गर्ने भन्दा पनि काम  गरेर देखाउन चुनौती दिएका छन् । उनले लोकतान्त्रिक आचरणलाई व्यवहारबाटै पुष्टि गरेर देखाउन पनि सरकारलाई चेतावनी समेत दिए ।

गणतन्त्र दिवसको अवसर पारेर गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले दुई तिहाई बढी सांसदहरूको समर्थन पाएको वामगठबन्धन नेतृत्वको सरकारले ‘कुरा होइन, कामै गरेर’ देखाउने बेला आएको बताए । सभापति देउवाले सरकारमाथि अविश्वास गर्नुपर्ने कुनै कारण नरहेको धारणा पनि राखे । उनले कम्युनिष्टहरू प्रजातन्त्रवादी हुनु कांग्रेसका लागि सबैभन्दा खुसीको कुरा भएको प्रतिक्रिया पनि दिए ।

सभापति देउवाले मुलुकको विकासका लागि बाह्य लगानी भित्र्याउन पनि सरकारलाई सुझाव दिए । उनले मुलुक गरिब भएकाले बाह्य लगानी भित्र्याउनुको विकल्प नरहेको पनि स्मरण गराए। सभापति देउवाले बाह्य लगानी भित्र्याएर मुलुकलाई अघि नबढाए सात वटा प्रदेशलाई तलब/भत्ता खुवाउन पनि समस्या पर्नेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सभापति देउवाले बाह्य लगानी भित्र्याउनका लागि लगानी सुरक्षाको ग्यारेन्टी गर्न पनि सरकारलाई सुझाव दिए ।

प्रकाशित समय १२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु