गृहपृष्ठ विपद् जोखिम न्यूनीकरण गर्न रेडक्रस र सामसुङविच सहकार्य

विपद् जोखिम न्यूनीकरण गर्न रेडक्रस र सामसुङविच सहकार्य

धरान- विपद् पूर्वतयारी र समुदायउत्थानशिलता वढाउन नेपाल रेडक्रस सोसाईटी (नेरेसो), रेडक्रसको अन्तराष्ट्रिय महासंघ (फेडरेशन) र कोरियन रेडक्रसको हातेमालोमा नेपालका पूर्वी तराईका लक्षित समुदायमाआधारित विपद् जोखिमन्यूनिकरण (सिविडिआरआर) कोशी वेशिन परियोजना सुरु गरिएको छ ।
रेडक्रसको सुनसरी शाखा, धरानको आयोजनामा सञ्चालित कार्यक्रममा उदयपुर, सुनसरी र सप्तरी जिल्लाकाचार गाउँ तथा नगरपालिकामा छ करोड रुपैँयाको लागतमा सो परियोजना सञ्चालन हुनेछ । यसको लागि कोरियन रेडक्रसले कम्युनिटी चेष्ट अफकोरिया मार्फत कोरियन कम्पनी सामसुङसँग आर्थिक साझेदारी गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीवथापा र कोरियनप्रतिनिधिहरुले कोशी वेसिन परियोजनाको विवरण सहितको ताम्रपत्र सार्वजनिक गरी परियोजनाको औपचारिक सुरुवात गरे ।
रेडक्रसको सुनसरी शाखाध रानमा आयोजित सिविडिआरआरको सो औपचारिक उद्घाटन सत्रमा नेपाल रेडक्रस सोसाईटीका उपमहामन्त्री हरि न्यौपाने,, नेपाल स्थित रेडक्रसको अन्तराष्ट्रिय महासंघका प्रमुख जुजाकिम नेपाल स्थित कोरियन रेडक्रसकी प्रतिनिधि सुन हि किम र सामसुङ नेपालका व्यवस्थापकिय निर्देशक यूविओम ओनका साथै नेपाल सरकार, लक्षित क्षेत्रका सम्वन्धित नगरपालिका र स्थानीय ईकाईहरुका प्रतिनिधिहरु र रेडक्रसका प्रतिनिधिहरु सामेल थिए ।
नेरेसोअध्यक्ष थापाले समुदाय, स्थानीय सरकार र रेडक्रसलाई एकै ठाँउमा ल्याँउदै विपद् जोखिम न्यूनिकरणको क्षेत्रमा सामुहिक पहल गर्न यो परियोजनाले अवसर जुटाएको बताए । परियोजनाले उदयपुरको वेलका नगरपालिका वडा नं १ र २, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १४ र तिलाथी कोइलाडी गाँउपालिकाको वडा नं ५ तथा सुनसरीको वराहक्षेत्र नगरपालिकाको वडा नं ९ र १० क्षेत्रलाई समेटेको छ ।
२ वर्षेसमुदाय केन्द्रीत परियोजनाबाट सो क्षेत्रका ७ हजार ५ सय घरपरिवारका ३६ हजार ५ सयभन्दा वढी प्रत्यक्षलाभान्वित रहने नेपाल रेडक्रसका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिए ।
रेडक्रसको अन्तराष्ट्रिय महासंघका नेपाल प्रमुख किमले यो परियोजनाले अन्तराष्ट्रिय महासंघको विपद् व्यवस्थापन गतिविधि, एक अर्वको साझेदारीको अवधारणा र दिगो विकासका लक्ष्यमा योगदान गर्ने बताइन् ।
विपद् जोखिम न्यूनिकरका लागि आवास, जिविकोपार्जन, स्वास्थ्य, सरसफाई, लैङगिक समावेशिकरण, जलवायु परिवर्तन र शान्तिप्रवर्धन जस्ता विषयहरु परियोजनाले समेटेको छ ।
यो परियोजनाले स्थानीय नगरपालिकाहरु, विद्यालय, स्थानीय विपद् व्यवस्थापन समितिहरुसँग सहकार्य गर्दै संङकटसन्न समुदायहरुको क्षमता अभिवृद्धि गर्ने, प्राकृतिक र मानवसिर्जित प्रकोपहरुको उचित व्यवस्थापन गर्ने, विशेषत वाढीका जोखिम र प्रतिकार्य पूर्वतयारी गर्ने गराउनेलक्ष्य राखेको छ । परियोजना गतिविधिहरुको परिकल्पना लक्षित क्षेत्रका सङकटासन्नता क्षमता विश्लेषणको आधारमा गरिएको हो ।
सामासुङ इलेक्ट्रोनिक्सले एक विश्वव्यापी निगम नागरिकको धरातलमा रहेर सर्व समृद्धिको दर्शनका आधारमा उज्वल तथा धेरै आशावादी समाजको सृजनामा सामाजिक योगदान हुने विभिन्न गतिविधिहरुमा आवद्ध रहिआएकोे सामसुङका वनले जानकारी दिए । ‘रेडक्रससँगको लामो साझेदारी गरिआउने क्रममा नेपालको संङकटसन्न समुदायहरुमा आफ्ना सहयोगी हातहरु फैलाउन पाउँदा चरम आनन्द महसुुुस भएको छ,’ उनले भने ।
नेरेसो केन्द्रीयकार्यालयको तर्फबाट उपमहामन्त्री हरि प्रसाद न्यौपाने र सम्बन्धितजिल्लाहरुको तर्फबाट सुनसरीका रेडक्रस सभापति उमेश थापा, उदयपुर रेडक्रस सभापति विनोद बस्नेत र सप्तरीका रेडक्रस सभापति जोगेन्द्र भगतले परियोजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर गरी फाइल आदान प्रदान गनरे ।

प्रकाशित समय ०७:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु