गृहपृष्ठ सामुदायिक विद्यालयलाई शुल्क विवरण वुझाउन आग्रह

सामुदायिक विद्यालयलाई शुल्क विवरण वुझाउन आग्रह

तुलसीपुर- तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिले सामुदायिक विद्यालयहरुलाई शुल्क विवरण वुझाउन आग्रह गरेको छ । सामुदायिक विद्यालयहरुले विभिन्न वहानामा शिक्षा ऐन विपरित शुल्क लिएको भन्ने सुन्नमा आएकाले तत्काल त्यस्तो कार्य रोक्नका लागि आग्रह गरेको हो ।
उपमहानगरपालिका शिक्षा समितिका संयोजक देवराज विकको अध्यक्षतामा वसेको वैठकले जेठ २३ गतेसम्म अनिवार्य रुपले सम्पूर्ण विवरण वुझाउन आग्रह गर्ने निर्णय गरेको हो । वैठकले विद्यालयमा शुल्क उठाउने आधार, शिर्षक र प्रक्रियाका वारेमा स्पष्ट पार्न समेत आग्रह गरेको छ ।
शिक्षा नियमावली २०५९ को नियम १४७ र अनुसुची २२ वमोजिम प्रक्रिया पुर्याएर जानकारी दिनका लागि आग्रह गरिएको छ । यसैगरी कतिपय संस्थागत विद्यालयहरुले पारदर्शी विना शुल्क लिएकोमा आपत्ति जनाउँदै सम्पूर्ण शुल्कको विवरण वुझाउन समेत आग्रह गरिएको छ ।
वैठकले छात्रवृत्ति वितरण गर्दा पारदर्शी रुपमा गर्नुपर्ने कुरा समेत उल्लेख गरेको छ । हरेक वर्ष संस्थागत विद्यालयहरुले छात्रवृत्ति घोषणा गर्दा जनप्रतिनिधिको रोबहरमा मात्रै घोषणा गर्नुपर्ने उल्लेख गरिएको छ ।
वैठकले सम्पूर्ण संस्थागत विद्यालयहरुलाई जेठ ३० गतेसम्म यो आर्थिक वर्षको शुल्क विवरण वुझाउन समेत आग्रह गरेको छ । तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वोल्दै आचार्यले शिक्षाको अवस्था सुधारका लागि सवै एकजुट भएर लाग्नुपर्ने वताइन् । उनले शिक्षामा सबैको पहुँच पुर्याउनका लागि उपमहानगरले ध्यान दिनुपर्ने वताए ।

प्रकाशित समय १३:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु